लापरवाहीको पराकाष्ठा :भरतपुर अस्पतालमा रोग उल्लेख नै नगरी धमाधम औषधि लेख्दै

बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड

 


चितवन , ७ असोज । रोग लागेपछि बिरामी उपचारका लागी अस्पताल जाने गर्छन् । त्यो स्वाभाविक हो । तर, यहाँको एक अस्पतालमा तपाईं उपचारका लागी पुग्नुभयो भने त्यहाँका डाक्टरहरुले रोग नै उल्लेख नगरी धमाधम औषधि लेख्ने गरेका छन् । घट्ना चितवनको भरतपुरस्थित सरकारी अस्पताल हो । त्यहाँको बहिरंग सेवा ९ओपीडी० मा कार्यारर्त चिकित्सकले बिरामीको टिकट पुर्जामा सम्बन्धित डाक्टरहरुले रोग के हो भन्ने समेत उल्लेख नै नगरी औषधि लेख्ने गरेका छन् । रोगको लक्षण, बिरामीको अवस्था र कुराकानीबाट डाक्टरले प्रारम्भिक रोगबारे औषधि लेख्नुपर्ने हो । तर, डाक्टरले रोगका बारेमा केही उल्लेख नै नगरी सीधै औषधीमात्र लेख्ने गरेका छन् । प्रायः बिरामी पुर्जामा औषधि र प्रेसरको नापमात्र उल्लेख छ, बाँकी सबै कुरा खाली नै देखिन्छन् । डाक्टरहरुको यस्तो कामलाई बिरामीहरुले भने अल्छीपन र लापर्बाही भनी टिप्पणी गरेका छन् । स्वास्थ्यसंस्था नियमावली हेर्ने हो भने डाक्टरलाई यस्तो हेल्चेक्याइ गर्न नपाइने उल्लेख छ । तर, कार्वाहीको स्पष्ट खाका नहुदा स्वास्थ्यजस्तो संम्बेदनशिल क्षेत्रलाई हाँसीमजाक अनि हेलचेक्याइँका रूपमा लिने गरेका छन् ।

गैरजिम्मेवार जवाफ रु
यता, नेपाल चिकित्सक संघका केन्द्रीय सदस्यसमेत रहेका भरतपुर अस्पतालका हाडजोर्नी डाक्टर कृष्णप्रसाद पौडेल सित हामीले जवाफ समेत मागेका थियौं । तर, जवाफमा उनले गैर जिम्मेवार अभिव्यक्ति दिए । हामीले बिरामीको स्वास्थ्य माथि खेलवाड गर्ने तरिकाले रोग बिना नै औषधि लेख्न मिल्छ रु यो ब्याबसायीक आचारण बिपरित भएनन् र भनी प्रश्न राख्दा उनले ‘हामीले पनि चाहेर वा जानीजानी त्यसो गरेको होइन, त्यो बाध्यता हो ।’ ‘दिनमा सय जनाजति बिरामी हेर्नुपर्छ, बिरामी जाँचौँ कि पुर्जा भर्न थालौँ, बिरामीको चापका कारण टिकट पुर्जामा सबै कुरा लेख्न समय नहुने बताए । उता , भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रविन खड्काले भने , डाक्टरहरुबाट यस्तो प्रकारको लापरबाही हुनु गम्भीर भएको भन्दै यदी यस्तो भए अस्पतालले सरोकारवाला पक्षहरुसँग बसेर छलफल गरी समस्याको समाधान निकालिने बताए । यता , अस्पतालका वरिष्ठ फिजिसियन डा। भोजराज अधिकारीले समय अभावका कारण त्यस्तो हुन गएको बताए ।

डाक्टरकै कारण बिमा दाबी रकम आएन ।
उता , बिमा कार्यक्रममार्फत जँचाउने बिरामीहरुको विवरण टिकट पुर्जामा नहुँदा बिमा कार्यक्रम समेत प्रभावित हुन पुगेको छ । बिमामा बिरामीको उपचार रकम दाबी गर्न रोग के हो रु भन्ने उल्लेख हुनुपर्छ, तर रोगका बारेमा केही नलेखी सीधै औषधिमात्र लेख्दा यस्तो समस्या भएको बिरामीका आफन्त गुनासो गर्छन् । बिमा रकम भुक्तानी दाबीका लागि पठाइएका कतिपय बिलहरु डाक्टरले रोग उल्लेख नगरी पठाइदिँदा फिर्ता आएको समेत पाइएको छ । डाक्टरकै कारण बिमा कार्यक्रममा असर पर्दा पनि यस विषयमा अस्पताल प्रशासनले ठोस कदम भने चालेको पाइदैन । साउन र भदौ महिनाका बिमा दाबी रकम निकासा नभएको पाइएको छ ।