पप्पु अर्थात पप्पुहरू

 

अहँ सरकारको अनुहार
पटक्कै पप्पुजस्तो छैन
वरु ठ्याक्कै सरकारजस्तै छन(
पप्पु अर्थात पप्पुहरू १

सरकारको चरित्र पनि
आफ्नै खालको छ हुनलाई
वरु यौटा विडम्वनायुक्त प्रश्न छ(
किन ठ्याक्कै सरकारकै चरित्रका छन्
पप्पु अर्थात पप्पुहरू १

आनी बानी
शिल स्वभाव
भाव भङ्गिमा
स्वभाव आचरण
सरकारको आफ्नै मौलिक छ
पौराणिक छ , सनातन छ
तर हुबहु नक्कल गर्न
कसरी शानदार रुपमा सफल भए
पप्पु अर्थात पप्पुहरू रु

सरकार कैलै पप्पुजस्तो हुन खोजेन
वरु पप्पुहरूले नै सरकारको नक्कल गरे
यसरी नक्कल गरे कि
नागरिकहरू पटक पटक झुक्किए
कुन पप्पु हो कुन सरकार हो १

सरकारको नक्कल गर्दा
ठग होइएला
लुटेरा होइएला
गैह्र जिम्मेवार र विश्वासघाती होइएला
यस्तो कैलै सोचेनन् पप्पुहरूले १

सरकार सवैभन्दा माथि छ
सरकार सवैभन्दा महान छ
सवैभन्दा सामाजिक र नैतिक छ
यस्तै सोचेर अनुकरण गर्दा
विचरा पप्पुहरू वदनाम भए १

सरकार जस्तो छ
यो त उसको प्राकृतिक आचरण हो
वरु कसरी सरकारजस्तै बन्न
शानदार तरिकाले सफल भए
पप्पु अर्थात पप्पुहरू रु

सायद
पप्पु र सरकारको
खाने खान्की यौटै छ
सोच्ने खोपडी उस्तै छ
सिकाउँने गुरु एउटै छन
नत्र
सत प्रतिशत नक्कल गर्न
कसरी सफल भए पप्पुहरू रु

एउटा प्रश्न
उठ्दै सुत्दै उठ्दै गरेको छ (
देश कसले चलाइरहेछ(
पप्पुले या सरकारले रु
अझ सरकार नै कतै
पप्पुहरूले त चलाइरहेका छैनन् रु

२०७५्र०६्र०८
ढल्को