अविनाश पोल्ट्री फार्मको अनुगमनमा निस्किए मेयर, सिडिओ र एसपी ।

 


चितवन , ८ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नं। १८ गाँजीपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रा।लिले फार्मबाट निस्केको फोहरको उचित व्यवस्थापनमा आफूहरु चुकेको बताएका छन् । २०७२ सालबाट फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलेको भन्दै त्यहाँका स्थानीय बासिन्दाहरु आक्रोशित भएपछि अनुगमनमा निस्किएका भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल , चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेत र जिल्लाका प्रहरी प्रमुख सुशीलसिहं राठौरकै सामुन्ने माफी माग्दै उनले उचित व्यवस्थापन नभए फर्म सञ्चालन नगर्ने समेत प्रतिवद्धता जनाएका छन् । फर्मबाट निस्कने फोहोरले चार किलोमिटरसम्म दुर्गन्ध फैलिँदासमेत समस्या प्रति मौन रहेको आरोप स्थानीयले लगाएका छन् । वातावरणी प्रभाव मुल्याकंन ९ईआए० नै नगरी अवैधानिक तवरबाट सञ्चालन गर्दै आएको उक्त फर्मलाइ
पटकपटक फोहोर व्यवस्थापन गरेर वातावरण प्रदूषण कम गराउन आह्वान् गर्दा पनि सुनुवाइ नभएपछि स्थानीयले गाउँमा नै भेला भएर आफ्नो समस्या राख्दै आएका थिए । जसले गर्दा यो क्षेत्रको मात्र नभई नारायणी नदीको जलचरमा समेत असर परेको छ । वडाअध्यक्षहरु सहितको टोली समक्ष आक्रोसीत स्थानीयहरुले पोल्ट्री फार्मको विरुद्धमा नाराबाजी गरेका थिए । अनुगमन टोली समक्ष आफुहरुको स्वास्थ जोखिममा परेको र पटकपटक आवाज उठाउदा पनि अटेर गरेको आरोप उनीहरुको थियो । स्थानीयहरुको गुनासोको आधारमा आफु पुग्दा जनताले भने अनुसार दुर्गन्ध नआएपनि फोहर व्यवस्थापनमा भने फर्म चुकेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले बताए । अब अनुगमनमा आउँदा अपनाएको सुधारलाई थप सशक्त नबनाए वा फोहर व्यवस्थापन समय सिमा भित्र नै नगरे फार्म नै बन्द गर्ने चेतावनी समेत उनले दिएका थिए । अविनाश फार्मबाट निस्किएको दुर्गन्धले मानव वस्ती नै हट्नु पर्ने स्थिति आउनु दुस्खद भएको बताउदै मेयर रेनु दाहालले फार्मले महानगर समक्ष गरेको लिखित सहमती बमोजिम ६ महिना भित्रमा फोहरमैलाको उचित व्यवस्थापन नगरे उत्पादन बन्द गर्ने अवस्था आउन सक्ने बताइन् । फार्मले स्थानीयको जीवनसंँग खेलवाड गर्न नहुने बताउँदै वातावरणका सूचकहरु प्रति सजग हुनुपर्ने दाहालको जोड थियो । नारायणी तट गाँजीपुरमा करीब ७ वर्ष अगाडी सञ्चालनमा आएको यस फार्मबाट बिसर्जन हुने सुली करिब १।५ बिगाहा क्षेत्रमा डम्पीङ्ग नलाग्दै तवरले गरेको सहजै देख्न सकिन्छ । सो कुखुराको सुलीको गन्ध वडा नं। १७, १८ र २६ का ४ किलोमिटर सम्म दुर्गन्ध फैलेको र गाजीपुर, सिम्री टाउन, भुवनवस्ती क्षेत्रका बासिन्दाहरु अति नै प्रभावित भएको स्थानीय गुनासो गर्छन् ।