Breaking News
 | 
  • प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल…

    Read More
  • बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

    त्रिशूली,(नुवाकोट)/नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ । घेवारचौरस्थित ओङ्दी शेर्पा र उहाँका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दीको आमा चुङ्दी…

    Read More
  • वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    कर्णाली/सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको…

    Read More
  • प्रहरीद्वारा उद्धार

    मिति २०८२/१०/०९ गते अं.१२:५० बजेको समयमा सशस्त्र प्रहरीको गोताखोर टोलिले खो.त.गरि सोहि स्थान बाट शब निकाले पश्चात वप्रका नारायणगढबाट प्र.नि.कुशराम कार्की सरको कमाण्डको मुचुल्का टोलि खटिगई घटनास्थल मुचुल्का कार्य भैरहेको । ट्राफिक प्रहरी सहायक हवल्दारद्वय जिबराज भट्टराई र खडक ब. बिष्टले दासढुङ्गा पुलबाट हाम फालेकी एक महिलाको उद्धार गरि अस्पताल भरतपुर पुर्याएका छन। धन्यवाद जुगेडीमा…

    Read More
  • मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    बागमती/कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँ तर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन…

    Read More
  • चिलीमा भीषण डढेलो: १८ को मृत्यु, दुई क्षेत्रमा संकटकाल घोषणा

    नुब्ले/चिलीको मध्य र दक्षिणी क्षेत्रमा फैलिएको विनाशकारी वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। राष्ट्रपति ग्याब्रिएल बोरिकले बायोबियो क्षेत्रको कन्सेप्सनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण डढेलो अनियन्त्रित बनेपछि सरकारले नुब्ले र बायोबियो क्षेत्रमा संकटकाल घोषणा गरेको छ। डढेलोका कारण बायोबियो क्षेत्रमा…

    Read More
  • बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

    बाजुरा/बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ उहाँ आफ्नै घरको छतबाट खस्नुभएको हो । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उहाँलाई मृत्यु घोषणा गरेका…

    Read More
  • त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

    चितवन/त्रिशुली नदीमा भेटिएको बस डेढ वर्ष अघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको छ । आइतबार बिहान केही भाग मात्र देखिएपछि बस उत्खनन् सुरु गरिएको थियो । उत्खनन्को तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन् गर्दा आज शसस्त्र प्रहरी बलको टोलीले गणपति…

    Read More
  • भारतमा भाले हात्तीको आतंकः नौ दिनमा यसरी लियो २० जनाको ज्यान

    भारत/भारतको झारखण्ड राज्यको पश्चिम सिंहभूम जिल्लामा एउटा भाले हात्तीले विगत नौ दिनमा २० जनाको ज्यान लिएको छ। यो घटनाले स्थानीय बासिन्दामा ठूलो त्रास र आक्रोश फैलाएको छ। जिल्ला मजिस्ट्रेट चन्दन कुमारले २० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरेका छन्। वन अधिकारी कुलदीप मीना भन्छन्, ‘भाले हात्तीको कारण यस्तो अवस्था पहिलो पटक सिर्जना भएको हो। थप…

    Read More
  • हिमाचल प्रदेशमा बस दुर्घटना, १२ जनाको मृत्यु

    काठमाडौँ/भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार हरिपुरधार नजिकै कुप्वीबाट शिमला जाँदै गरेको एक निजी बस सडकबाट खस्दा यो दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएका सबैलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।…

    Read More