हिमाचल प्रदेशमा बस दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ/भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार हरिपुरधार नजिकै कुप्वीबाट शिमला जाँदै गरेको एक निजी बस सडकबाट खस्दा यो दुर्घटना भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएका सबैलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट नभएको भारतीय अधिकारीहरूले बताएका छन् ।

दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई र घाइतेलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइने बताइएको छ । एजेन्सी