Breaking News
 | 
  • अपराध/दुर्घटना

    घरबाट खेल्न भनी निस्किएका बालक मृत भेटिए

    इलाम/इलाम नगरपालिका–८ का एक बालक मृत भेटिएका छन्। घरबाट खेल्न भनी निस्किएका इलाम नगरपालिका–८, तिल्केनीका १० वर्षे आशिष राई गाईको गोठमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालका अनुसार बालक आशिषलाई दिउँसो १ बजेतिर झुन्डिएको अवस्थामा फेला परेपछि इलाम अस्पताल ल्याइएको थियो। तर, अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

    Read More
  • अपराध/दुर्घटना

    प्युठानमा जिप दुर्घटनाः ३ जनाको मृत्यु

    प्युठान/जिप दुर्घटना हुँदा प्युठानमा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु

    कैलाली/पश्चिम नेपालमा पुनः ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते…

    Read More
  • अपराध/दुर्घटना

    श्रीमान् र श्रीमतीको झगडामा दुई वर्षीया छोरीको हत्या

    ओखलढुङ्गा/ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छोरीको मृत्यु भएको छ । ३५ वर्षीय राजेन्द्र राईले सोमवार राति छोरी ऋतिकाको हत्या गरेका हुन् । उनले २१ वर्षीया श्रीमती उषालाई पनि कुटपिट गरेका छन् । घाइते उषाको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रक्सी खाएका…

    Read More
  • जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङमा एक जना घाइते

    ताप्लेजुङ/जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते भएका छन् । तामाङलाई शनिवार दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिवार नै झापामा रहेको बीएनसी अस्पतालमा पुर्याएर थप…

    Read More
  • अपराध/दुर्घटना

    तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

    एजेन्सी/अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना रहेका थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका…

    Read More
  • अपराध/दुर्घटना

    क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

    काठमाण्डौं/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको…

    Read More
  • अपराध/दुर्घटना

    दुई किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

    रुपन्देही/दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीमा तीन जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरीका प्रवक्ता श्यामु अर्यालका अनुसार आरोपितले ६ जनाले बलात्कार गरेको…

    Read More
  • अपराध/दुर्घटना

    नाबालिगमाथि बलात्कारको आरोप लागेका लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    काठमाडौं/नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए। ‘फाइल तयार पारेका छौ। आजै मुद्दा दर्ता हुन्छ,’ उनले भने। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर…

    Read More
  • अपराध/दुर्घटना

    छोरीको हत्या अभियोगमा पितालाई २० वर्षपछि मृत्युदण्ड

    एजेन्सी/ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।…

    Read More