सिंहदरबार भित्रै सञ्चालित क्यान्टिनमा म्याद गुज्रेका, लेबल नभएका र दुर्गन्धित मासु, तरकारी

काठमाडौं, फागुन १५/देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले गरेको निरीक्षणमा केन्द्रीय क्यान्टिनमा खान योग्य नभएका अवधि सकिएका वस्तुहरू फेला परेका हो ।

लेबल नै नभएका, मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेका छ। सो बिषयमा थप अनुसन्धान भईरहेको बुझिएको छ ।