कोकाकोला कम्पनीले मरुभूमिकरण निम्त्याउदैं, सिमसार क्षेत्र समेत खतरामा ।

चितवन/कोकाकोला कम्पनीले जमिन मुनीको अत्याधिक पानीको प्रयोग गरेको कारण भरतपुर आसपासको आवासिय क्षेत्रमा मरुभूमिकरण निम्तिने अवस्था आईरहेको भएपनि यसबारे भरतपुर महानगर लगाएत सम्बन्धित सरकारी निकायहरु मुकर्दशक बनि बसिरहेका छन् ।
संविधानले दिएको प्राकृतिक स्रोत माथिको स्थानीय बासिन्दाको दीर्घकालीन उपयोगको अधिकार कोकाकोला कम्पनीले ठाडो हनन गरिरहेको भएपनि संबिधान कार्यानवयन गराउने प्रशासन कार्यालय, स्थानिय सरकार र संघिय सरकारका अधिकारीहरु तैं चुप मै चुपको अवस्थामा रहेका हुन् ।

स्थानियले बर्षौं बर्षसम्म उपयोगमा ल्याउनुपर्ने जमिन मुनिको पानीको अत्याधिक प्रयोग गरी कोकाकोला कम्पनीले मरुभूमिकरण निम्त्याउने जोखिम बढाएको स्थानियहरुको गुनासो छ ।
स्थानिय बसिन्दा केशब नेपालले भने यो हामी स्थानिय बासिन्दाको प्राकृतिक श्रोतमाथीको अत्याधिक दोहन सहन सकिन्न यस बिषयमा सरोकारवाला निकायले ध्यान दिओस । उनले अगाडी थपे, बहुराष्ट्रिय कम्पनीले एकाधिकारपूर्ण रुपमा प्राकृतिक श्रोतमाथीको अत्याधिक दोहन गरिरहदा समेत राज्यका निकायहरुले सो बापत स्थानियलाई क्षतिपुर्तिको ब्यबस्था गर्न नसक्नु कम्जोरी हो ।
कोकाकोला कम्पनी भारत र चीनका केही स्थानबाट यही कारणले हटाइएको बताउँदै उनले यसका कारण मानव जीवनमात्र होइन जलचर थलचर जीव र बनस्पती सबैमा ठूलो असर पुगेको दावी गरे ।
स्थानीयहरु कोकाकोला कम्पनीको ढलको कारण आसपासका क्षेत्रमा बस्नै नसकिएको अवस्था सृजना भएको भन्दै अर्का स्थानिय । विगतमा पनि आन्दोलन भएको र स्थानीय सामु गरेको प्रतिबद्धता समेत यसले कार्यान्वयन नगरेको भन्दै स्थानीयहरु अहिले वार कि पारको आन्दोलन थालेको बताएका छन् ।

स्थानीय युवा रामचन्द्र उप्रेतीले कोककोला कारखानाका कारण स्थानीयहरु घर बस्नै नसकिने अवस्था आईरहेको भन्दै बेलाबखतमा आन्दोलन हुने र सहमति हुने गरेको बताए । स्थानिय संगम युवा कल्बका अध्यक्ष समेत रहेका उप्रेतीले भने ‘अहिले स्थानीयमा ध्वनि र वायु प्रदुषणको मुख्य असर परेको छ । अरु अप्रत्यक्ष असरको त कुनै लेखा जोखा नै छैंन । यसको ध्वनी प्रदुषणका कारण मानिसमा निद्रा नलाग्ने, चिटचिटाहट हुने र झर्को लाग्ने, खान मन नलाग्ने समस्या देखिएको छ । यसका कारण दीर्घकालमा मानसिक सन्तुलन गुम्ने अवस्था सृजना हुने गरेको स्थानियहरुको गुनासो छ ।
त्यस्तै यसले फाल्ने विषालु ग्यास पदार्थहरुले मानिसमा ऋदय घात हुने, फोक्सोको क्यान्सर हुने उहाँको भनाइ छ ।
त्यस्तै बनस्पतिमा पनि ठूलो असर गर्ने उहाँले बताउनु भयो । यसको प्रदुषित हावा पानीसँग मिलेर सल्फ्युरिक एसिड र नाइटिक एसिड बन्ने त्यसले अम्लीय वर्षा हुने जसले गर्दा मानिस तथा वनस्पतिमा निकै जोखिम हुने नभएको स्थानीयहरु बताउँछन् । त्यस्तै, यसले फाल्ने पानीका कारण बायोलोजिकल अक्सिजन डिमाण्ड घटाइदिने अर्थात् पानीमा हुने अक्सिजन घटाउने जसका कारण पानीमा हुने वनस्पति र जीवजनावरमा नकारात्मक असर पर्ने र जनावर मर्ने समस्या सृजना हुने उहाँले दावी गर्नुभयो । गँैडा, बाघ, गोही, माछा खाने चरालगायतका पानी खाने सबै जनावर र पानीमा बस्ने जनावरलाई यसका कारण निकै ठूलो असर पर्ने गरेको स्थानियहरुको भनाइ छ ।
त्यस्तै, कोककोलाको कारण जमिन मुनिको सतहमा रहेको पानीको अत्याधिक प्रयोगले मरुभूमिकरण निम्त्याउने चितवन राष्ट्रिय निकुन्ज र बरण्डाभार कोरिडोर धरापमा पर्ने २० हजारी र राइनो ताल सुक्ने जसले गर्दा जैविक विविधतामा ज्यादै नकारात्मक असर पर्ने उहाँको दावी छ । यो कारखानाले दुईवटा बोरिङको अनुमति लिएर चार वटा खनेको स्थानियहरु बताउँछन् । जसले किन्ले वाटरसमेत यही उत्पादन गरेको छ । यसका कारण जमिन मुनिको पानीको सतह पुरै सुक्ने र जमिन भाँसिदै जाने कालान्तरमा मरुभूमिकरणमा पैदा हुने देखिन्छ । जमिन मुनिको पानीको प्रयोग गर्ने अधिकार कोककोला कारखानालाई नभएको जानकारहरु बताउँछन ।
यसैबिच, कोकको दादागिरीको बिषयमा कम्पनिका एच आर म्यानेजर शैलेन्द्र चतुरबेदीको मोबाईलमा सम्पर्क गरी बुझ्नखोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन् ।