| 
  • स्थानीय तहमा भ्रष्टाचार बढ्दै, घूससहित समातिनेमा इन्जिनियर को सँख्या बढी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । पछिल्लो उजुरी कर्णाली नदी व्यवस्थापन…

    Read More
  • अपराध/दुर्घटना

    बिप्लव नेकपाको चन्दा अभियान तिब्र, अधिकतम दर २० लाख

    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो…

    Read More
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन गर्ने कर्मचारी बढ्दै, नासु श्याम च्यामु श्रेष्ठसँग १४ करोड अकुत सम्पत्ति !

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक वर्षको अवधिमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा १२ कर्मचारीविरुद्ध ४५ करोड रुपैयाँको भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ । घुस रकमसहित कर्मचारी पक्राउ परेपछि अनुसन्धानको क्रममा स्र्रोत नखुलेको सम्पत्ति ठहर भएपछि अख्तियारले अकुत सम्पत्तिमा मुद्दा दर्ता गरेको जनाएको छ । अख्तियारले हालसम्मको सबैभन्दा बढी नेपाल आयल निगमका पूर्वकार्यकारी…

    Read More
  • अपराध/दुर्घटना

    कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

    काठमाडौँ । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो । जेलमा बसेका मध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षास्थितिसम्बन्धी दृश्य रेकर्ड गरेर बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका…

    Read More
  • अपराध/दुर्घटना

    किन हुन्छ ठूला आयोजनामा सधैँ अवरोध ?

    सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा बढी छ । सरकारी नीतिमा त्यस्ता आयोजनाको काममा कुनै खालको अवरोध नगर्ने व्यवस्था छ । तर यहाँ भने ठूला आयोजनाले पटकौं पटकको अवरोध खैप्दै आएका छन् । असार मसान्तसम्म पर्वत खण्डको ७० प्रतिशत काम सक्ने योजना बनाएको मध्यपहाडी लोकमार्गको प्रगति ५० प्रतिशत पनि पुगेन…

    Read More
  • अपराध/दुर्घटना

    सरकारले प्रतिबन्धित नेकपा विप्लवसँग वार्ता नगर्ने

    श्रावण ३, काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आउने विश्वासिलो आधार नभई सरकारले प्रतिबन्धित नेकपासँग वार्ता नगर्ने स्पष्ट पारेको छ। वार्ताका नाममा विगतमा विद्रोही शक्तिले शक्ति सञ्चय गरेको प्रसंग उल्लेख गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वार्ताका लागि शान्तिपूर्ण राजनीतिमा आउनुपर्ने सर्त राखेका छन्। ‘शक्ति सञ्चय गर्नका लागि वार्ताको हल्ला गरेर हुँदैन। हामीले…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

    राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर…

    Read More
  • अपराध/दुर्घटना

    जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो

    सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । काठमाडौँ मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने कायब पारिएको छ । सिनामंगलको फाँटमा वाग्मती खोला पसेपटि गुठी संस्थाले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा…

    Read More
  • अबैध कारोबारी र ठगी धन्दा नियन्त्रण गर ।

    जिल्लामा बिभिन्न नाममा ठगी गर्नेहरुको जमात सलबलाईरहेको भएपनि उनीहरुमाथी कार्बाही हुन नसक्दा आम सर्बसाधरण ठगीईरहेका छन् । आम सर्बसाधरणलाई बिभिन्न प्रलोभन दिदैं अथवा दुखमा साथ दिएको झैं गरी ठगी गर्नेहरुले उल्टैं प्रहरी प्रशासनमा आफुहरुको बोलवाला रहेकोले थुनाईदिन्छु भन्दै मनोबैज्ञानिक रुपमा समेत सर्बसाधरणलाई त्रसित बनाई ठगी गरिरहेका छन् । जिल्लामा बिशेष गरी मिटरब्याजीहरुले आम सर्बसाधरणलाई ठगी…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरस्थित क्यान्सर अस्पतालमा अनियमिता नै अनियमितता

    चितवन । चितवनको भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एकपछी अर्को अनियमितताहरु बढदै गईरहेको छ । मित्रराष्ट चिन सरकारको उपहार स्वरुप प्राप्त सो हस्पिटलमा राजनितिक आडमा चरम भष्ट्रचार, बेथिती र अनियमितता बढी रहेपनि त्यसलाई सरकारले रोकथाम गर्न नसक्दा अस्पताल स्वंय क्यान्सरग्रस्त बन्दै रिफर सेन्टरमा परिणत हुँदै गएको हो । अस्पताल प्रशासनले स्वंय पक्षपाती ब्यबहार…

    Read More