जङ्गलमा लुकेर जुवा खेलिरहेका आठ पक्राउ

गोरखा, साउन ३१ गते ।पालुङ्टारको चियानडाँडा जंगलबाट एक मुस्लिम महिला सहित आठ जना जुवाडे पक्राउ परेका छन् । पालुङ्टार नगरपालिका–५ चियान डाँडा स्थित जंगलमा त्रिपाल टाँगेर जुवा खेलिरहेको अवस्था प्रहरीले उनीहरु नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट तीन लाख ७८ हजार २५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
जंगलमा त्रिपाल टाँगेर तास खेलिरहेको विशेष सुराकीको आधारमा गण्डकी प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिरानचोक गाउँपालिका–५ का ३५ वर्षीय दामोदर घिमीरे, पालुङटार नगरपालिका–५ का २८ वर्षीय रुपबहादुर गुरुङ्ग र गोरखा नगरपालिका–१० का ३० वर्षीय झमबहादुर भुजेल रहनुभएको छ ।
तनहुँको बन्दिरपुर गाउँपालिका–६ का ५० वर्षीय किरणकुमार श्रेष्ठ, भानु गाउँपालिका–७ की ३७ वर्षीय नसिमुन मियाँ र ब्यास नगरपालिका–१२ का ३८ वर्षीय नवराज शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । यसैगरी लमजुङको बेशिसहर नगरपालिका–७ का ६८ वर्षीय दुर्गा घिमीरे र सोही नगरपालिका–८ का ४६ वर्षीय भरत पौडेल गरी आठ जनालाई प्रहरीले रङ्गेहात समातेको हो । जंगलमा घुम्ती बनाएर पेसेवर रुपमा जुवा खेल्ने गरेको प्रहरीको आंशका छन् ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर बिहीबार नै जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी नेपालले बताउनुभयो । गोरखापत्रबाट