| 
  • अपराध/दुर्घटना

    मेडिकल कलेज सञ्चालकको धम्की:‘पढाउन सक्दैनौं’

    काठमाडौँ/चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना गर्न नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरूले जनाएका छन् । आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरूले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् । सञ्चालकहरूको पटक–पटकको यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन् । यसअघि बितेका शैक्षिक सत्रमा…

    Read More
  • अपराध/दुर्घटना

    कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा आलमको बचाउ

    काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ रु’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला…

    Read More
  • अपराध/दुर्घटना

    देशैभरी सेटिङमा मिर्गौला व्यापार

        काठमाडौं । मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गौला ९किड्नी० सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ । यसको सञ्जाल गाउँदेखि काठमाडौं र…

    Read More
  • अपराध/दुर्घटना

    ठूलो भ्रष्टाचार मुद्दा थाती राखेर सानो मुद्दामा अल्झँदै अख्तियार

    निराजन पौडेल /काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म विगो दाबी गरेर विशेष अदालतमा…

    Read More
  • अपराध/दुर्घटना

    किन टेर्दैन सरकारको निर्देशन बर्जर : लिड मात्र होइन,अति घातक भीओसीको प्रयोग

    सुरेन्द्र काफ्ले /काठमाडौं /सरकारले राजपत्रमै सूचना निकालेर मापदण्ड तोकेको छ– ‘नेपालमा आयात एवं उत्पादन हुने रंगहरूमा लिडको अधिकतम मात्रा ९० पीपीएम वा ९० एमजीरएल हुनुपर्ने, बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देशसमेत उल्लेख गर्नुपर्ने (हेर्नुहोस्, राजपत्रको सूचना)। ‘सम्पूर्ण मापदण्ड पूरा गरेको’ दाबी गर्ने बर्जर पेन्ट्सले बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश लेख्ने…

    Read More
  • अपराध/दुर्घटना

    शक्तिको आडमा भू–माफियाहरूले उन्मुक्ति पाउने सम्भावना

    हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएका छन् । प्रभावशालीहरूको प्रभावमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् । उनीहरू जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको बताउँछन् । जसका कारण केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय पछिल्लो समय गुपचुप…

    Read More
  • अपराध/दुर्घटना

    चितवन प्रहरी कार्यालयभित्र छरपष्ट भेटिएको रक्सीका खाली बोतल : कस्ले खायो त्यो महंगो रक्सी ?

    चितवन/ चितवन प्रहरीको कार्यालय हाताभित्र महंगो रक्सीका दर्जनौ बोतलहरु भेटिएको छ । न्युज २४का पत्रकार केदार शर्मा र भण्डाफोर अभियान डटकमका प्रधानसम्पादक सुर्य बरालले उक्त रक्सीका बोतलहरुको फोटो खिचिरहेको अवस्थामाआफ्नो कार्यालय परिसर भित्रको जस्तोसुकै गतिविधिको अनुमति विना फोटो भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारद्वयलाई केही बेर नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर नारायणगढमा घरधनीको मनपरितन्त्र बढदै

    चितवन । चितवनको नारायणगढ बजार क्षेत्र, भरतपुर हाईट, चौबिसकोठी मालपोतचोक लगाएतका क्षेत्रका घरधनीहरुको बर्षैपिच्छेको मनपरि भाडा बढाउने प्रबृतीले ब्यबसायीहरु आजीत मात्र होईन दिनप्रतिदिन मर्कामा पर्दै गईरहेका छन् । यो क्षेत्रका घरधनीहरु भाडा बढाउने अस्वस्थ प्रतिस्प्रधामा नै उत्रिएको पिडीत ब्यबसायीहरुको गुनासो छ । घरधनीहरुको यस्तो मनपरितन्त्रले गर्दा ब्यबसायीहरु बिस्थापित समेत बन्दै जान थालेपनि नियामक निकायले अनुगमन…

    Read More
  • प्रहरीको तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

      अर्जुन ओली/ नेपालगन्ज /जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्। सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले…

    Read More
  • अपराध/दुर्घटना

    गुम्बा चलाएर उपचार भन्दै वर्षौंदेखि यौनशोषण

    कृष्ण ज्ञवाली/ काठमाडौँ / धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा…

    Read More