वडाअध्यक्ष आचार्यको घरमा शक्तिशाली बम बिस्फोट

आसन्न उपनिर्वाचनको पुर्बसन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै शक्तिशाली बम बिस्फोट भएको छ ।
बम बिस्फोटले गर्दा बिरौटा स्थित उनको घरमा पार्किङ गरिरहेको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ ।
घटना बिहान २ बजेर १५ मा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।
घटनामा नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा जिम्मेवार हुनसक्ने आशंका गरिए पनि हालसम्म सो पार्टीले घटनाका बारे कुनै जानकारी दिएको छैन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।