सिएमसीको होस्टल चितवन प्रहरीको कब्जामा : मेडिकल विद्यार्थी लाई किन बन्धक बनाईयो ?

चितवन । चितवनको बिबादित मेडिकल कलेज चितवन मेडिकल कलेजको कैलासनगरको होस्टल चितवन प्रहरीले द्धेरा हाली बसिरहेको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीका दर्जनौं सख्ँयामा तैनाथी गराईएके छ । आज दिउसो प्रहरीले होस्टलको बाहिरी कम्पाउण्ड पुरै घेरा हालेको र गेटबाट भित्र छिरेर होस्टलमा छापा मार्न थालेको भन्दै बिद्यार्थीहरुले बिरोध जनाएका छन् । उनीहरुले नाराबाजी गर्दै बिरोध गरेका हुन्।

प्रहरीले आफैले हतियार राखेर बिद्यार्थीहरुलार्इृ फसाउन बिधार्थीले हतियार राखेको भनी आफुहरुलाई फसाउने षडयन्त्र गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । भोलि आईतबार बिद्यार्थीले चौबीसकोठीमा बृहत आमसभा गर्ने तयारी गरेको र त्यही कार्यक्रम हुन नदिन आफुहरुलाई होस्टलमा हतियार राखेको भनी फसाउने षडयन्त्र चितवन प्रहरीले गरेको बिधार्थीहरुको आरोप छ