Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    मतपत्र छपाइको काम सकियो,शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

    काठमाण्डौ/आगामी ३० गते हुने पालिका चुनावका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि नै पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो । लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको आयोगका उपसचिव ऋषिराम भुषालले जानकारी दिनुभयो । केही पालिकाको पुनः छाप्नुपर्ने भएकाले छपाइ भैरहेको आयोगले जनाएको छ…

    Read More
  • अपराध/दुर्घटना

    युक्रेनमा सवारी दुर्घटनामा परि १७ जनाको ज्यान गयो

    एजेन्सी/पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको ज्यान गइसकेको…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि केहि स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौं/आज बिहान मुलुकका पहाडी भूभागमा बदली रहेको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी भूभागका केही र तराईका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति…

    Read More
  • मुख्य पृष्ठ

    गोरखामा नेपाली कांग्रेसविरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरी

    गोरखा/गोरखामा नेपाली कांग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालका अनुसार गोरखा नगरपालिका–१० मा मंगलबार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको हो । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको पाँच दलीय गठबन्धनले सार्वजनिक ग¥यो प्रतिवद्धता–पत्र

    चितवन/रासस/भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आज चितवनमा आयोजित कार्यक्रममा महानगर प्रमुखका उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी गर्नु भएको हो । सङ्कल्प–पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक ५ हजार रुपैयाँ भत्ता दिइनेसहितका कार्यक्रम समावेश गरिएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    थप ३२ जनामा कोरोना पुष्टि

    काठमाडौं/देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना…

    Read More
  • मुख्य पृष्ठ

    तत्काल नेपालमा इन्टरनेट सेवा नरोकिने

    काठमाण्डौ/नेपालमा तत्कालको लागि इन्टरनेट सेवा नरोकिने भएको छ । नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि तिर्न नपाउँदा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए। तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नरोक्ने सहमति भएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    जगन्‍नाथजीको उमेदवारीले खासै असर गर्दैन : रेणु दाहाल

    चितवन/भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर कुलप्रसाद काफ्लेले मेयरकी उमेदवार रेणु दाहालसँग गरेको कुराकानीः चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    बैशाख २२ गते भरतपुरमा सत्तागठवन्धनको आमसभा !

    चितवन/पाँच दलिय गठबन्धनले चितवनमा विशाल आमसभा गर्ने भएको छ । यहि बैशाख २२ भरतपुरमा गरिने आमसभाको लागि गठबन्धनमा आवद्ध दलहरुले तयारी थालेका छन् ।                                                              …

    Read More
  • मुख्य पृष्ठ

    भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने

    काठमाण्डौं/एजेन्सी/आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेको छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय…

    Read More