युक्रेनमा सवारी दुर्घटनामा परि १७ जनाको ज्यान गयो

एजेन्सी/पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए ।

‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ । मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने ।

मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।