Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुग्यो, कहिले मिल्ला न्याय

    सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्। ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो…

    Read More
  • बिवादित तपस्वी बम्जन गायब, प्रहरीलाई नै बेखबर

    काठमाडौं–जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख…

    Read More
  • विद्युतका आयोजनामा पनि वनको अवरोध, सट्टा जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध

      काठमाडौँ / रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर प्रसारण लाइन निर्माण एक वर्षदेखि अवरुद्ध छ ।  प्रसारण लाइन क्षेत्रमा पर्ने म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको २।५८ हेक्टर वनक्षेत्र भोगाधिकार र त्यहाँ रहेका रूख काट्न दुईवटै जिल्लाका वन कार्यालयले आयोजनालाई अनुमति दिएको छैन । १३ पुस ०७४ को मन्त्रिपरिषद् बैठकले भने वनक्षेत्र रहेको…

    Read More
  • अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

      काठमाडौँ / शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो । यो समाचार आजको…

    Read More
  • एबीसी नारायणी मोटर्स प्रा.लि. सञ्चालन

    गैंडाकोट, ०८ फागुन/ चितवनका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता नारायणी मोटर्सले नवलपुरमा आफ्नो शाखा विस्तार गरेको छ । नवलपुर क्षेत्रका ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नवलपुरको गैंडाकोट नगरपालिका स्थीत कालीगण्डकी चोकमा शाखा शुभारम्भ गरेको हो । एबीसी नारायणी मोटर्स प्रालिको नामबाट सञ्चालनमा आएको शोरुमको बुधबार गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्घाटन गरेका हुन् । नगर क्षेत्र…

    Read More
  • नयाँ वर्षमा पश्चिम चितवनमा राईनोकुञ्ज मेला

    फागुन ८, भरतपुर/ पर्यटन प्रवद्नको लागि भरतपुर १३ मा राईनोकुञ्ज मेला हुने भएको छ । नयाँ वर्षको अवसर पारेर वडामा चार दिने पर्यटन मेला गर्न लागिएको हो । २०७५ सालको चैत ३० गते देखि २०७६ सालको बैशाख १ , २ र ३ गते मेला संचालन हुनेछ । वडा भित्र रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र…

    Read More
  • भरतपुर महानगरको किरणगञ्ज रानीपोखरीमा पार्क बन्ने ।

    चितवन , ८ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० मा पर्ने किरणगञ्ज, रानीपोखरीमा रमणीय पार्क बन्ने भएको छ । सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर–१९ स्थित रानीपोखरीमा पहिलो चरणमा पार्क तथा पूर्वाधार निर्माणका लागि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी रविना कन्स्ट्रक्सनले १४ करोड ६७ लाख ७६ हजार ६१९ रुपैयाँको…

    Read More
  • अन्सारीको नागरिकतामात्र नक्कली नभएर शैक्षिक प्रमाणपत्रपनि नक्कली भएको खुलासा

    फागुन ८, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ। अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि समितिले विभिन्न सरकारी निकायमा पत्राचार गरी वास्तविकता बुझ्ने निर्णय गरेको छ। मंगलबारको बैठकले अन्सारीका शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गर्ने निर्णय गरेको समिति सभापति…

    Read More
  • ७८ लाख घुस लिने पूर्वआयुक्त पाठकमाथि छानबिन सुरु

      काठमाडौं /अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ । आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार…

    Read More
  • इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार

      काठमाडौँ – म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो । पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो । काँकडभिट्टास्थित मेची भन्सार…

    Read More