| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएका छौँ : अध्यक्ष दाहाल

    पाटन,ललितपुर/पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको…

    Read More
  • मुख्य पृष्ठ

    कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उहाँले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिनुभएको हो । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल…

    Read More
  • मुख्य पृष्ठ

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

    काठमाडौं/नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् । नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका…

    Read More
  • मुख्य पृष्ठ

    राजदूत लम्साल र रूपाखेतीलाई अतिरिक्त जिम्मेवारी

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो…

    Read More
  • ट्रम्पले गरे युरोपेली संघमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा

    काठमाडौँ/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (इयू) बाट आयात हुने सबै सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यो शुल्क एक जुन, २०२५ बाट लागू हुने छ। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै इयूसँगको व्यापार वार्ता ‘कतै नपुगेको’ र इयूले अमेरिकालाई व्यापारमा ‘ठग्ने’ उद्देश्यले संघ गठन गरेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘युरोपेली…

    Read More
  • नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन: अध्यक्ष दाहाल

    गलकोट(बागलुङ)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गर्नुभएको छ । नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका…

    Read More
  • परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

    काठमाडौँ/परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः प्रचण्ड

    ढोरपाटन,(बागलुङ)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आउनुभएका उहाँले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो । मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकको गुनासा र सुझाव ग्रहण गर्दै पार्टी अगाडि बढिरहेको बताउँदै अध्यक्ष दाहालले…

    Read More
  • मुख्य पृष्ठ

    विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ/राष्ट्रियसभाका सदस्यहरुले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा जुट्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गोपाल भट्टराईले मनसुन सुरुआतको प्रारम्भमै विपद्का घटनाहरु हुन थालेको भन्दै विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारीमा जुट्न सरकारलाई सुझाव दिनुभयो । सांसद मायाप्रसाद शर्माले…

    Read More
  • मदन भण्डारीको शव प्राप्त भएको गाँजीपुरमा स्मृति सभा

    चितवन/जनताको बहुदलीय जनवाद’ का प्रणेता, नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता स्व.मदन भण्डारीको रहस्यमय जीप दुर्घटनापछि शव प्राप्त भएको चितवनको गाँजीपुरमा आज स्मृति सभा गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले आज मदन–आश्रितको स्मृतिमा सभा गरेको हो । जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनापछि आजैको दिन (जेठ ५ गते) भरतपुर महानगरपालिका वडा नं….

    Read More