| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    थापासहित पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइको माग गर्दै राजावादीले सुरु गरे धर्ना

    काठमाडौं/राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग…

    Read More
  • राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेविरुद्धमा लागेर झण्डै दुई…

    Read More
  • मुख्य पृष्ठ

    गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने…

    Read More
  • गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्रै समृिद्ध हासिल गर्न सकिन्छः सभापति देउवा

    काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ । आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी…

    Read More
  • मुख्य पृष्ठ

    एलोन मस्क ट्रम्प सरकारबाट बाहिरिए

    काठमाडौँ/टेक अर्बपति तथा टेस्लाका सह संस्थापक एलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमा यो जानकारी दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी एलोन मस्कलाई दिएका थिए। जनवरीमा ट्रम्प ह्वाइट हाउस आइपुगेपछि उनले मस्कलाई नयाँ सरकारी विभाग, सरकारी दक्षता विभागको नेतृत्व गर्न नियुक्त गरेका…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…

    काठमाडौँ/‘भिजिट भिषा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाए । बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरू भयो । सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नु भएलगत्तै विपक्षी दलले पुनः विरोध जनाए । बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो । बैठक…

    Read More
  • मुख्य पृष्ठ

    न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री आज नेपाल आउने

    काठमाडौँ/न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौंमा रहनेछन् । न्युजिल्यान्डबाट उपल्लो तहको राजनीतिक भ्रमण यो पहिलो भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालले न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्रीको मैत्रीपूर्ण औपचारिक भ्रमण हुन लागेको बताए । श्रीलंकाको भ्रमण…

    Read More
  • हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छः नेता कोइराला

    मोरङ/नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लेङ्गिक समानता कायम हुनुपर्ने बताउनुभएको छ । जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक दलले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले समान कामको समान ज्याला भनिए पनि महिला श्रमिकलाई दिने पारिश्रमिकमा…

    Read More
  • मुख्य पृष्ठ

    गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेज गर्न माग

    काठमाडौँ/यातायात व्यवसायी तथा मजदुरले सङ्घीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेजीको माग गरेका छन् । यातायात क्षेत्रमा क्रियाशील आठ व्यवसायी तथा मजदुर संस्थाले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सवारी ऐन, २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी सङ्घीय ऐनसँग बाझिने गरी…

    Read More
  • प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा…

    Read More