Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ‘एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

    ललितपुर/नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेस गरिएको छ । ललितपुरमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताउनुभएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताउनुभयो । महाधिवेशनको तेस्रो दिन समूहगत छलफलका क्रममा…

    Read More
  • चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

    काठमाडौँ/उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना दिनुभएको छ । उहाँले यस पर्वले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिकता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै…

    Read More
  • संसदीय प्रक्रिया र सचिवालयमा एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ– सभामुख घिमिरे

    पाटन,(ललितपुर)/सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको बताउनुभएको छ । डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलनमा उहाँले संसद् तथा समितिमा हुने गतिविधिका साथै सदस्यहरुका अभिव्यक्तिलाई ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, विधेयकसँग सम्बन्धित ‘डेटा’ शीघ्र पत्ता लगाउने तथा विश्लेषण गर्ने भएकाले एआई…

    Read More
  • समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

    दोधारा चाँदनी,(कञ्चनपुर)/गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजिक निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा एवं १५औँ अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाको लागत बढेको बताउनुभयो । “निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छ,” उहाँले…

    Read More
  • सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा

    काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुन…

    Read More
  • आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछः राष्ट्रपति पौडेल

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनुभएको छ । रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रुप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण तथा जीवनशैलीकारुपमा आत्मसाथ गर्दै मुलुक बनाउने…

    Read More
  • लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का

    पाटन,(ललितपुर)/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको बताउनुभएको छ । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको आज ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् पुर्याउनाले सामाजिक, आर्थिक रुपान्तरणमा ठूलो योगदान पु¥याएको उल्लेख गर्दै रोजगारी…

    Read More
  • अन्तर्राष्ट्रिय

    युक्रेन सहमत नभए युद्धबाटै उद्देश्य पूरा गर्ने पुटिनको चेतावनी

    काठमाडौं/रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले वार्तामार्फत सहमति गर्न नमाने आफ्ना सबै उद्देश्यहरू युद्धमार्फत हासिल गर्ने बताएका छन् । पुटिनको यो टिप्पणी चीनमा एउटा विशाल सैन्य परेडमा सहभागी भएपछि आएको हो । यो भनाइलाई डोनाल्ड ट्रम्प र अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौतीको रूपमा हेरिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने…

    Read More
  • सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरूले आन्दोलनरत किसानका जायज माग सम्बोधन गर्नुपर्ने, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध सडक शीघ्र सञ्चालन गर्नुपर्ने, निःशुल्क स्वास्थ्यको हकको प्रत्याभूति गर्नुपर्ने, जुम्लाका स्याउको बजारीकरण गर्नुपर्नेलगायत विषय उठाउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विगत ९५ दिनदेखि आफ्नोले दल…

    Read More
  • विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव

    काठमाडौँ/राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव दिनुभएको छ । समितिको आजको बैठकमा सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभयो । उहाँहरूले समितिमा विचाराधीन रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्माणमुखी सामग्री व्यवस्थापन तथा प्रहरी विधेयक तत्काल अघि…

    Read More