Breaking News

सुशीला कार्की र राष्ट्रपति पौडेलबीच वार्ता हुँदै

काठमाडौं/जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो । बिहीबारको वार्तामा संसद् विघटन नगरी अन्तरिम सरकार बनाउने अथवा गरेर भन्ने विषयमा सहमति जुट्न सकेको थिएन । जेन्जी प्रतिनिधि कार्कीले संसद् विघटन नगरी नयाँ सरकार बन्न नसक्ने बताएकी थिइन् । तर, राष्ट्रपतिले संसद् विघटन नगरी चुनावी सरकार बनाउनुपर्ने बताएका थिए । त्यसैले आज पनि वार्ता हुने भएको छ । नयाँ सरकार गठनका विषयमा वार्ता केन्द्रित हुनेछ ।

राष्ट्रपति पौडेलले दलहरूसँगको छलफललाई तीव्र पारेका छन् । माओवादी र कांग्रेसका नेताहरूसँग उनले छलफल गरिसकेका छन् । गएराति अबेर उनले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् । अन्तरिम सरकार गठन, संसद्लगायत विषयमा उनले राजनीतिक दल र सभामुखसँग परामर्श गरेका हुन् ।

जेनजी प्रतिनिधिले अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने बताएका छन् । राष्ट्रपतिले गरेको परामर्शमा दलहरूले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिँदा आपत्ति नहुने बताएका छन् । तर, दलहरूले संसद् भंग गर्न नहुने सर्त राखेका छन् ।

कार्की पनि यो जिम्मेवारी लिन तयार देखिएकी छन् । तर, यसका लागि प्रक्रिया मिल्नुपर्ने उनको सर्त छ । संसद् विघटन नगरी बाहिरबाट सरकार बन्न नसक्ने उनको जिकिर छ ।