Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेकपा र समाजवादीबीच चिसियो सम्बन्ध

    भुवन शर्मा काठमाडौं / सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध बिग्रन थालेको छ। समाजवादी पार्टीका नेताहरू लामो समयसम्म पनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा सरकारको नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन्। सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी ९तत्कालीन संघीय समाजवादी फोरम…

    Read More
  • मुख्य समाचार

    एकाएक नेकपामा कसरी शक्तिशाली बने वामदेव ?

    नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी…

    Read More
  • मुख्य समाचार

    प्रदेशको नेतृत्वमा केन्द्रकै डीआईजी रहने

    प्रदेश प्रहरीको कमान्ड केन्द्रकै प्रहरी नायब महानिरीक्षक ९डीआईजी०ले गर्ने भएका छन् । नेपाल सरकारले केन्द्रकै डीआईजीलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’मा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरेको छ । विधेयकको प्रतिवेदन सभापति शशी श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा पेस गरिसक्नुभएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    बिप्लव नेकपाका राप्ती ईन्चार्ज अमर गोपाली कार्बाहीमा

    चितवन / नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा चितवनले पार्टीका राप्ती ईन्चार्ज अमर गोपालीलाई कार्बाही गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी ध्रुबले गोपालीले पार्टी निती तथा बिधान बिपरित कार्य गरेकाले निजलाई जिम्बेवारीबाट मुक्त गरेको बताएका छन् । भण्डाफोर अभियानका प्रधानसम्पादक सुर्य बरालसँग कुरा गर्दै सेक्रेटरी ध्रुबले गोपालीलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । सेक्रेटरी…

    Read More
  • प्रवास

    यो कस्तो प्रजातन्त्र : कश्मीरमा सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् 

    काठमाडौँ / राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।…

    Read More
  • मुख्य समाचार

    किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्किए उमेश

    श्रावण २४, काठमाडौं । समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए । केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन् । तर…

    Read More
  • मुख्य समाचार

    मन्त्री भट्टराईको पहिलो निर्णय नै विवादित, वाइडबडी प्रकरणमा मुछिएकालाई निगम सुधारको जिम्मा

    काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेको पहिलो निर्णय नै विवादमा परेको छ । उनले नेपाल वायुसेवा निगमलाई सुधार्न गठन गरेको निगम सुधार समितिमा वाइडबडी खरिदमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्य राखेका छन् । नेकपामा भट्टराई भरोशायोग्य नेता हुन् । तर, उनले मन्त्रीका लागि…

    Read More
  • प्रवास

    कश्मीरमा केन्द्रीय शासन : नेपाली भाषी सशंकित

    भारत सरकारले जम्मु–कश्मीरलाई संविधानको धारा ३७० अन्तर्गतको विशेष राज्यको मान्यता दिँदै आएको थियो । गत सोमबार विशेषाधिकर खारेज गरी केन्द्र शासित प्रदेश ९युनियन टेरेटोरी० मा गाभ्ने सरकारको निर्णयसँगै जम्मु–कश्मीरको जस्तै विशेषाधिकार पाएको पूर्वोत्तरको पहाडी राज्य सिक्किम पनि सशंकित बनेको छ । सिक्किमका सर्वसाधारणहरुको आशंका छ, जम्मु–कश्मीरझै धारा ३७१ एफ खारेज हुने पो हो कि १…

    Read More
  • कुरा होईन काम गर ।

    केपी ओली नेतृत्वको सरकार बनेको पनि डेढ बर्ष भन्दा बढी भईसकेको छ । दुईतिहाईको बामपन्थीको सरकार बनेपछी देशमा धरै सुधार हुने आम अपेक्षा थियो । त्यो स्वभाविक पनि हो । त्यस्मा पनि दुईतिहाईको स्थिर सरकार बनेपछी जनताले अपेक्षा गर्नु स्वभाविक नै हो । बर्षौबाट पुरा हुन नसकेका जनताका सपनाहरु पुरा हुनेमा आम नागरिकहरु आशाबादी थिए…

    Read More
  • के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

    भारतमा हिन्दुवादी भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् । भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको…

    Read More