यर्थाथ एकातिर ओलीको बोली अर्कोतिर

काठमाडौं/बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण र त्यसले पारेको असरबारे सरकारका दृष्टिकोण राखे ।

सरकारको कामकारबाहीको आत्मप्रशंशा गर्दै उनले कोरोना नियन्त्रणमा प्रभावकारी काम भएको दावी मात्रै गरेनन्, आफूले अघि सारेका हास्यास्पद भनाइहरुको बचाउमा अनेक तर्कहरु प्रस्तुत गरे । यथार्थ एकातिर र ओलीको बोली अर्कोतिर देखिएको भन्दै आजको कान्तिपुर दैनिकले यो समाचार लेखेको छ ।