गणतन्त्रको नाममा लुटतन्त्र: घरभाडाको रकम बुझ्ने चितवनका सांसद-पोखरेल

चितवन/ संघिय सासदहरुको कामप्रति ब्यापक असन्तुष्टिका स्वरहरु बढिरहेको बखतमा चितवनको एक जना चिप्ला र मिठ्ठा कुरा गरेर भोट खान पल्केका नेकपा चितवनका सचिव एवं चितवन क्षेत्र नम्बर २ का संघिय सासद कृष्ण भक्त पोखरेलले चुनावताका गरेका कुनैपनि बाचा कवोल र काम पुरा नगरेको भन्दै चुनावी क्षेत्रमा तिब्र जनआक्रोस बढ्न थालेको छ। चुनावी क्षेत्रका जनताहरु महामारीका रुपमा देखापरेको कोरोनाको कारणले भोकभोकै दीन बिताइरहेको अवस्थामा सांसद पोखरेल भने सुकिलो मुकिलो शैलिमा धेरै जसो समय काठमाण्डौंमा बढि समय बिताउने गरेकोले जनताहरुमा गुनासो बढेको हो।

संघिय चुनावको समयमा सासद पोखरेलले धेरै जसो संघरसंस्थाहरुमा बोलकवोल गरेको रकम अहिले सम्म नदिएको एक मन्दिरका शुभचिन्तकले बताए। विगतमा नारायण दाहालको विरुद्मा राजधानी आस्था पत्रिकाले लेखेको समाचारको फोटोकपि बाडेर चुनाब जीतेका सांसद पोखरेलले चुनाबको समयमा थुप्रैलाइ जागिर लगाइदीने आस्वासन दीएको र प्रत्येक टोलमा विकासका धेरै योजनाहरुको सपना बाडेका थिए । सांसद पोख्रेलले बाडेको त्यो सपना अझसम्म एउटा पनि पुरा भएको छैन।

चितवन सहित काठमाण्डौंमा समेत भब्य घर बनाएका सांसद पोखरेलले संसद सचिवालयबाट घरभाडा झोलामा हाल्न पल्किएका बुझिएको छ । पार्टीको आडमा छोरीलाइ भारतीयद्धारा सञ्चालित मेडिकल कलेज साइन्स भरतपुरमा फ्रि मा पढाउदै डां. भी. नटराज प्र. संग लाखौं रकम हात पारेका पोख्रेलको अकुत सम्पतिमा किन सम्पत्ति सुद्दीकरण र अख्तियारको आँखा पर्देन भन्दै नेकपाकै एक नेताले आश्चर्य ब्यक्त गरेका छन्।