अनिल शर्मा बिरही अझै प्रहरी नियन्त्रणमा:अदालतको आदेश कार्वान्वयनमा प्रहरीको अरुची किन ?

सुर्य बराल/ चितवन /नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता एवं साहित्यकार, कवि तथा रातो खबर पत्रिकाका निर्देशक अनिल शर्मा बिरहीलाई अदालतले थुनामुक्त गर्न आदेश दिएपनि प्रहरीले अझै नियन्त्रणमा राखेको छ । चितवन जिल्ला अदालतले शर्मालाई साधारण तारिखमा गत जेठ १८ गतेदेखि नै थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको हो । तर चितवन प्रहरीले शर्मालाई अझै नियन्त्रणमा राखेको छ ।

शर्माले उपचार गराईरहेको चितवन स्थित भरतपुर अस्पतालमा उनलाई पक्राउ गरेपछीको प्रहरी पहरा अझै हटेको छैन् । अदालतको आदेश पछी किन अस्पतालको क्याबिनमै प्रहरी तैनाथ भनि हामीले सोधेको प्रश्नमा प्रहरी प्रधान कार्यालयले यो बिषय स्थानिय सरकारको हो भन्दै जवाफ दिनै चाहेन् । नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता निरज बहादुर शाहीले यो बिषय प्रदेश प्रहरीसँग बुझन् अनुरोध गरे ।

त्यस्तै बागमति प्रदेश प्रहरीसँग यो बिषयमा बुझ्न खोज्दा प्रदेश प्रहरीका प्रवक्ता अरुण पौंडेलले समेत यो बिषयमा आफुले शर्मा थुनामुक्त भएको जानकारी पाएको तर पछिल्लो अवस्था बारे केही जानकारी नभएको भन्दै यस बारे सम्पूर्ण कुरा चितवन प्रहरीसँगै बुझ्नुपर्ने बताए ।  यता, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुगं सँग यहि प्रश्न गर्दा उनले शर्मा सम्मानित अदालतको आदेश बमोजिम रिहा भईसकेको तर उनी अस्पतालमा उपचार गराईरहेकोले शर्माकैं सुरक्षाको निम्ती प्रहरी राखीएको बताए ।

चितवन प्रहरी प्रमुख गुरुगंले त्यसो भने पनि शर्माको परिवार त्यो कुरा मान्न तयार छैनन् । शर्माका परिवारका एक सदस्यले हामीसँग कुरा गर्दै भने यो सरासर अदालतको आदेशको अबज्ञा हो । ति सदस्यले भने बिगतको राजनितीक तुष र पुर्बाग्रहले गर्दा नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्रीकै आदेशमा अदालतको आदेशको अबज्ञा भएको होे । उच्च राजनितीक दबाब र प्रहरी प्रधान कार्यालय एवं गृह प्रशासनको ठाडो निर्देशनमा शर्मालाई नियन्त्रणमा राखिरहेको स्वंय जानकारहरु नैं बताँउछन् ।

जनकपुरको टोली चितवनमै, अपहरण शैलीमा बेपत्ता आशंका !
थुनामुक्त भएपनि चितवन प्रहरीको नियन्त्रणमा रहेका नेकपाका नेता अनिल शर्मा बिरहीलाई प्रहरीले जनकपुरको एक घटनामा मुछी जनकपुर लैजाने कसरतमा रहेको बुझिएको छ । गत् १८ गते नै अदालत परिसर बाहिरबाट जनकपुर लैजाने तयारीमा आएको जनकपुर प्रहरीको एउटा टोली अझै चितवनमा रहेको बुझिएको छ । 

शर्माको उपचारमा कुनै दख्खल नदिन र अन्यत्रका कुनै मुद्धामा केश चल्ने कुनै आधार नरहेको भन्दै प्रहरीलाई भरतपुरकै अस्पतालमा लगी उपचार गर्न समेत अदालतले आदेश दिएपछी तत्काल तिलमिलाएको प्रहरी टोली माथीको आदेश भन्दै शर्मालाई ढुकेर बसेको एक गोप्य श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार केहीदिन पछी शर्मा आफै गएको जस्तो भान हुने गरी शर्मालाई अपहरण शैलीमा बेपत्ता बनाउने तयारी भईरहेको छ, अदालतको आदेश कार्वन्यनको लागी ब्यापक जनदबाब पैदा नगरेमा शर्मालाई कुनैपनि बेला अत्तोपत्तो नहुने गरी बेपत्ता बनाउने अवस्था रहेको श्रोतको दाबी छ ।