Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अविनाश पोल्ट्री फार्मको अनुगमनमा निस्किए मेयर, सिडिओ र एसपी ।

      चितवन , ८ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नं। १८ गाँजीपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रा।लिले फार्मबाट निस्केको फोहरको उचित व्यवस्थापनमा आफूहरु चुकेको बताएका छन् । २०७२ सालबाट फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलेको भन्दै त्यहाँका स्थानीय बासिन्दाहरु आक्रोशित भएपछि अनुगमनमा निस्किएका भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल , चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र…

    Read More
  • समाचार प्रभाव : खर्च अभावमा अस्पतालमै अलपत्र परेकी इशाको उद्वार ।

      चितवन , ७ असोज । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि बाँच्ने झिनो आशा समेत मारिसकेको तनहुँकी १७ बर्षे इशा गुरुङ आफू बाँच्ने सम्म कल्पना गरेकी थिइनन् चिकित्सककै सल्लाह अनुसार साउन २७ गते उनी चितवन मेडिकल कलेजमा भर्ना भइन् । उपचार प्रक्रिया समेत सफल भयो । उनलाई चिकित्सकले एक साता अगाडि नै घर जान सल्लाह समेत…

    Read More
  • लापरवाहीको पराकाष्ठा :भरतपुर अस्पतालमा रोग उल्लेख नै नगरी धमाधम औषधि लेख्दै

      चितवन , ७ असोज । रोग लागेपछि बिरामी उपचारका लागी अस्पताल जाने गर्छन् । त्यो स्वाभाविक हो । तर, यहाँको एक अस्पतालमा तपाईं उपचारका लागी पुग्नुभयो भने त्यहाँका डाक्टरहरुले रोग नै उल्लेख नगरी धमाधम औषधि लेख्ने गरेका छन् । घट्ना चितवनको भरतपुरस्थित सरकारी अस्पताल हो । त्यहाँको बहिरंग सेवा ९ओपीडी० मा कार्यारर्त चिकित्सकले बिरामीको…

    Read More
  • कम्युनिष्ट सरकारको उपहार :  सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो

    काठमाडौं,असोज ७ – नेपालीहरुको ठूलो चाड दशैं अगाडि सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने भएको छ । शनिबार राती यातायात व्यवस्था विभाग र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार सरकार १० १० प्रतिशत भाडा बढाउन सहमत भएएको हो । भाडा बढेसँगैं सबैतिर महंगी बढने भएको छ । व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ खोल्नको लागि…

    Read More
  • लापरबाही धेरै:प्रतिवेदन, १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने

    काठमाडौँ ,७ असोज । दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो । पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक…

    Read More
  • प्रेस काउन्सिल नेपालको ४९औं वार्षिकोत्सव सम्पन्न

    काठमाण्डौं २०७५असोज ६ गते शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ । प्रेस काउन्सिलकापूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँचहजार राशीको…

    Read More
  • अमृता फाउण्डेशन नेपालका म्यानेजरले आफ्नै महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप

    काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । उक्त यौनदुव्र्यवहारको घट्ना बाहिर ल्याउन लागेको भन्दै उल्टै पीडक कार्कीले आफूमाथि योजनाबद्ध रुपमा भौतिक आक्रमण गरेको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेकी छिन् । उक्त संस्थाकी सल्लाहकार कार्कीले…

    Read More
  • चितवनमा फस्टाउदो अबैध यौंनब्यापार : चार महिनामा २९ जना पक्राउ

     चितवन । अठहत्तरौँ जिल्लाको रुपम चर्चा गरिने चितवन सामाजिक विकृति र अपराधका हिसाबले पनि अगाडि पाइएको छ । पछिल्लो चार महिनामा यौनधन्दामा संलग्न अरोपमा चितवनमा २९ जना पक्राउ परेका छन् । सामाजिक विकृतिको रुपमा यौनधन्दा फस्टाउँदै गएपछि प्रहरीले त्यसमा आक्रामक अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जेठबाट सञ्चालन गरेको थ्री एस अपरेसनपछि चार…

    Read More
  • नारायणी नदीमा फ़ोहोर थुप्रिदै

      चितवन , ५ असोज । चितवनको नारायणी नदीमा विश्व सरसफाइ दिवस मनाएको हप्तादिन बित्न नपाउँदै फोहोर थुप्रिन थालेको छ । आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको नारायणी नदी किनारलाई पूर्णरुपमा सफा राख्ने भरतपुर महानगरको योजनाअनुसार सरसफाइ समूह ‘वे’ ग्रुपले अभियान नै चलाएर नदीकिनारमा सरसफाइ गरिएको थियो । त्यसको हप्ता दिन बित्न नपाउँदै पुनः नारायणी…

    Read More
  • भरतपुर अस्पतालको चरम लापरबाहीले तीन बर्षीया बालक सलिनको मृत्यु : छानबिन समिती ।

    चितवन , ६ असोज । भरतपुर अस्पतालको चरम लापरबाहीका कारण एक नाबालकले अनाहकमै ज्यान गुमाउनुपरेको गठित छानबिन तथा सुझाव समितिले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । गत, भाद्र २१ गते सर्पदंशको उपचारको खोजीमा जिल्लाका विभिन्न अस्पतालहरुमा जाँदा उपचार पाउन नसकेपछि मृत्यु भएका भरतपुर महानगरपालिका १५ का ३ वर्षीय बालक सलिन विकको घटनामा भरतपुर अस्पताल…

    Read More