डडेल्धुरा बस दुर्घटना अपडेटः मर्नेको संख्या १७ पुग्यो

मंसिर ७, काठमाडौं ।हिजो डडेल्धुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १७ जनाको मृत्युु भएको छ भने २८ जना घाइते भएका छन् ।
डडेल्धुराको अमरगढीस्थित उग्रतारा मन्दिरमा लागेको मेला हेरेर फर्कने क्रममा बिहीबार साँझ डा। केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवाखोलामा से१क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

सो बस डोटीको शिखर नगरपालिकाको बान्डुरीसैनमा रहेको पिसजोन एकेडेमीको रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
स्कुल बस भए पनि बसमा विद्यार्थी नरहेको जनाइएको छ । बस बान्डुरीसैनका स्थानीयले मेला हेर्न रिजर्भ गरेर ल्याएको प्रहरीको भनाइ छ ।
बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको थियो । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको उद्दार गरी डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।