| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अबदेखि सिमेन्टका बोरा लेमिनेशन गरेरमात्र प्याकिङ गर्नुपर्ने

    जेष्ठ ७, काठमाडौं । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो । सर्वोच्चले मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भौतिक योजना, निर्माण तथा यातायाता व्यवस्था मन्त्रालय, संघीय…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

    ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो । ललितपुर महानगरपालिका–२२ फर्सिडोल–बुंगमती भई गुड्ने सवारीसाधनमा स्थानीय उमेश महर्जन र वीरेन्द्र महर्जनले वडा अध्यक्षकै संरक्षणमा एकलौटी ढंगले रकम असुल गरिरहेको…

    Read More
  • अपराध/दुर्घटना

    वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ, सरकारले व्यक्तिका लागि कानुनै फेर्न थाल्यो

    गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन ।…

    Read More
  • अपराध/दुर्घटना

    बिवास्पद ब्यापारी सुमार्गीको कम्पनीलाई साढे ४ अर्ब कर तिर्न ताकेता

    व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको थियो । आन्तरिक राजस्व कार्यालय बानेश्वरले बैशाख दोस्रो सातादेखि करिब साढे ४ अर्ब पुँजीगत लाभकत तिर्न सुमार्गीको कम्पनीलाई तोकता गरिरहेको…

    Read More
  • अपराध/दुर्घटना

    चेकजाँच गर्ने क्रममा भारतीय मालबाहक गाडी प्रहरी नियन्त्रणमा

    जेष्ठ ७, काठमाडौं । भैरहवा भन्सार कार्यालयबाट भन्सार नै नगरी पठाइएको मालवाहक गाडीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार विशेष सुराकीको आधारमा उक्त गाडीलाई सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा गाडीमा रहेको साम्रगीको भन्सार ९प्रज्ञापन पत्र० नपाइएपछि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो। अन्नपूर्ण पोस्टले यस अघि भैरहवा भन्सारमा हुने बेथिति र खुल्लमखुल्ला हुने घुसको कारोबारको विषयमा…

    Read More
  • अपराध/दुर्घटना

    शुभेच्छा बचत तथा ऋण सहकारीको लुट धन्दा

    चितवन । नारायणगढको बेलचोकमा रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले सहकारीको नाममा लुट धन्दा मच्चाइरहेको छ । मोटरसाईकल खरिदका लागि ऋण प्रवाह गर्दै आएको सहकारीले सहकारीको मूल्य र मान्यता विपरीत आफूखुशी मनलाग्दी हर्जना भन्दै रकम असुल्ने र सेवाग्राहीलाई रसिद तथा बिल समेत नदिने गरेको पाइएको छ । नारायणगढका बिष्णुनारायण श्रेष्ठले मोटरसाइकल खरिद गरे वापतको…

    Read More
  • अपराध/दुर्घटना

    गोन्द्राङ ढाट जलाउने दोषीलाई कारबाही गर्न सर्वदलीय सहमति

    भरतपुर,जेठ ६ / पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्ड नेपालको दस्तुर उठाउने ढाटमा गत् शुक्रबार भएको घटनाका दोषीलाई कारबाही गर्ने सर्वदलीय सहमति भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले राजनीतिक आधारमा कसैलाई पनि संरक्षण नगर्ने र घटनामा सामेलको पहिचान गरी कारबाही गर्न सहमति जनाएको हो । प्रदेश सांसद कृष्ण…

    Read More
  • मुख्य समाचार

    मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने : सञ्चारमन्त्री बासकोटा

    जेष्ठ ६, काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन्। ‘मिडिया काउन्सिल विधेयक अध्ययन गरेर नै ल्याइएको छ, तत्कालीन प्रेस चौतारीले उठाएका विषय समेटिएको छ। विधेयकको मस्यौदा…

    Read More
  • अपराध/दुर्घटना

    कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने

    मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सिटिसिई कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । सरकारले हालै संसोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् । राम्रो काम…

    Read More
  • भारतमा फेरी मोदी नै दोहोरिने प्रक्षेपण

        सर्वेक्षणहरुले लोकसभा चुनावमा एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका…

    Read More