शुभेच्छा बचत तथा ऋण सहकारीको लुट धन्दा

१२ हजार ३३५ रुपैयाँको ६ महिनाको ब्याजमात्रै १० हजार ४१८ रुपैयाँ

चितवन । नारायणगढको बेलचोकमा रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले सहकारीको नाममा लुट धन्दा मच्चाइरहेको छ । मोटरसाईकल खरिदका लागि ऋण प्रवाह गर्दै आएको सहकारीले सहकारीको मूल्य र मान्यता विपरीत आफूखुशी मनलाग्दी हर्जना भन्दै रकम असुल्ने र सेवाग्राहीलाई रसिद तथा बिल समेत नदिने गरेको पाइएको छ ।
नारायणगढका बिष्णुनारायण श्रेष्ठले मोटरसाइकल खरिद गरे वापतको भुक्तानी दिँदा आफू ठगिएको थाहा भएपछि साथी नवीन श्रेष्ठमार्फत हामीलाई गुनासो गर्नु भएको थियो । उहाँले तिर्नुपर्ने अन्तिम किस्ताको १२ हजार ३१५ रुपैयाँ तिर्न ६ महिना ढिला भएको भन्दै सहकारीका संचालक राजाराम श्रेष्ठले जरिवाना तथा ब्याज गरी १९ हजार ७५३ रुपैयाँ लिएका हुन् ।
२०७५ साल असोज २५ गते तिर्नु पर्ने अन्तिम किस्ता बापतको १२ हजार ३३५ रुपैयाँ उनले २०७६ साल जेठ २ गते तिरेका थिए । त्योबेला सहकारी संचालकले १२ हजार ३३५ को १७ दशमलव ५ प्रतिशत ब्याज वापत १ हजार ३०२, ६ महिना ढिला भए वापतको पुनः १५ प्रतिशत पेनाल्टी ब्याज १ हजार ११६ र १७ पटक ताकेता गरेको भनेर थप ८ हजार गरी साँवासहित १९ हजार ७५३ रुपैयाँ लिएको नवीन श्रेष्ठले बताउनु भयो ।
संचालकले पैसा बुझाएको कुनै प्रमाण नदिने र शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखेको ऋण असुली पुर्जामात्रै दिने गरेका छन् । उनले त्यो पुर्जामा छाप समेत नहानी त्यसै दिने गरेका छन् । पटक पटक ताकेता गरेको वा फिल्ड गएको वापतको रकम भनेर त्यही पुर्जाको पछाडि लेखेर पैसा असुली राज्यको आँखामा छारो हाली सहकारीका नाममा सेवाग्राही सोझा नागरिक ठग्ने काम गरेको पीडित श्रेष्ठ बताउनु हुन्छ । सहकारी संचालकको यो काम गराई हेर्दा सहकारीका नाममा सिधै सेवाग्राही तथा राज्य लुट्ने खेलो भएको प्रष्ट देखिने उहाँ बताउनु हुन्छ ।
यो बिषयमा बुझ्न कार्यालय पुग्दा राजाराम श्रेष्ठले अरु केही सेवाग्राहीलाई जम्मा पारी यस्तै धन्दा गर्दै थिए । श्रेष्ठसंग बिल तथा रसिद किन नदिएको रु छाप किन नहानेको रु यसरी सहकारी चलाउन मिल्छ रु भनेर प्रश्न गर्दा आफूले २० वर्षदेखि अहिलेसम्म यसरी नै चलाएको र सबैसंग यसरी नै पैसा लिने गरेको बताए । सधैं यही पुर्जाका आधारमा आफूले कारोबार गर्ने गरेको बताउँदै उनले बिल तथा रसिद केही नचाहिने र यही पुर्जीका भरमा सबै काम हुने भन्दै आफ्नो गलत धन्दा लुकाउने खेलमा लागे ।
श्रीमान श्रीमतीले मात्रै सहकारी चलाएको त्यो सहकारीका नाममा सोझा गरिब नागरिक लुट्ने थलो भएको आरोप सेवाग्राहीको छ । आफूले सहकारी डिभिजन कार्यालयमा पनि उजुरी गरेको तर त्यहाँबाट पनि केही कारबाही नभएको पीडित श्रेष्ठले बताउनु भयो । safalkhabarbat