Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    लुम्बिनीका सहकारीमा बेथिति निक्षेप जोखिममा।

    बुटवल/लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन्। विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीमा बेथिति बढी छ । बेथितिका कारण सहकारी आर्थिक संकटमा परेसँगै बचतकर्ताको रकम पनि जोखिममा परेको छ । रकम डुब्ने भयले बचतकर्ता चिन्तित बनेका छन् । काठमाडौँमा मुख्य कार्यालय…

    Read More
  • मुख्य पृष्ठ

    रास्वपा गुमनाम !

    काठमाडौं/आम निर्वाचनपछि उपप्रधान तथा गृहमन्त्रालय लिएर सात दलीय गठबन्धनको पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा सहभागी भई डेढ महिना नपुग्दै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गुमनाम बनेको छ । पार्टी दर्ताको पाँच महिनामै संसद्को चौथो दलका रूपमा उदाएको रास्वपा सरकार छाडेसँगै गुमनाम बनेको हो । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा दल दर्ता गराएसँगै सामाजिक सञ्जाल र…

    Read More
  • मुख्य पृष्ठ

    आज शीतल निवासमा पौडेलको स्वागत र भण्डारीको बिदाइ

    काठमाडौं/नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् । उनले पद तथा गोपनीयताको शपथ लिए भने सोमबारदेखि नै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाडेकी छन् । सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी…

    Read More
  • मुख्य पृष्ठ

    भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित

    चितवन/भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । आज काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा भरतपुर महानगर शहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा देशकै उत्कृष्ट ठहरिदै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९’ महानगर प्रमुख रेनु दाहाललाई प्रदान गर्नुभएको हो। भरतपुर महानगरपालिकामा…

    Read More
  • अपराध/दुर्घटना

    सञ्चालकको मनपरीले सहकारी धराशायी

    काठमाडौं/विराटनगर ३ मोरङमा केन्द्र रहेको तुलसी बहुमुखी सहकारी संस्थाका सयौं सेयर सदस्य केही दिनअघि जिल्ला प्रशासन कार्यालय पुगे र सञ्चालकलाई कानुनी दायरामा ल्याउन प्रशासन समक्ष हारगुहार गरे। १० करोड सेयर पुँजी रहेको संस्थाले ४८ करोड कर्जा प्रवाह गरेको उक्त सहकारी सञ्चालकको लापरबाहीले पुँजी जोखिममा परेको र सेयर सदस्यलाई डुबाएको उनीहरूको भनाइ थियो। सेयर सदस्यले लामो…

    Read More
  • अपराध/दुर्घटना

    २६ अर्ब राजस्व नतिर्ने स्मार्ट टेलिकमको लाइसेन्स खोस्ने तयारी, लगानीकर्ता लाइसेन्स जोगाउन दुबईमा

    काठमाडौं/सरकार राष्ट्रपति निर्वाचनलगायत सत्ता गठबन्धनको जोडघटाउमा लागिरहेका बेला मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमका लगानीकर्ता भने अर्बौं रुपियाँ शुल्क नतिरेर राज्यलाई गुमराहमा पारिरहेका छन् । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरण, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिवानालगायतको शुल्क गरी सरकारलाई २६ अर्ब रुपियाँ तिर्नुपर्ने छ । तर, यसका लगानीकर्ता विभिन्न बहाना बनाउँदै आएका छन् । आगामी चैत मसान्तसम्म कम्पनीको लाइसेन्स…

    Read More
  • अपराध/दुर्घटना

    आर्थिक सहायताका नाममा साढे ५ करोड वितरण

    काठमाडौं/बितेका सात महिनामा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड बाँडेको छ । चालू आर्थिक वर्षको बितेको सात महिना गत साउनदेखि माघ मसान्तसम्ममा सरकारले १ सय ३९ जनालाई ‘व्यक्तिगत’ आर्थिक सहायतास्वरूप कुल ५ करोड ४६ लाख ३४ हजार वितरण गरेको हो । सरकारले बाँडेको रकम लिनेमा पूर्वराष्ट्रपति डा। रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि भुटानी मानवअधिकारवादी…

    Read More
  • अपराध/दुर्घटना

    सिंहदरबार भित्रै सञ्चालित क्यान्टिनमा म्याद गुज्रेका, लेबल नभएका र दुर्गन्धित मासु, तरकारी

    काठमाडौं, फागुन १५/देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेको छ । वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले गरेको निरीक्षणमा केन्द्रीय क्यान्टिनमा खान योग्य नभएका अवधि सकिएका वस्तुहरू फेला परेका हो । लेबल नै नभएका, मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेका छ। सो बिषयमा थप…

    Read More
  • मुख्य पृष्ठ

    शान्ति प्रक्रिया छिट्टै टुङ्ग्याइने

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ। यो छिट्टै…

    Read More
  • मुख्य पृष्ठ

    अझै वैकल्पिक बनेनन् भैरहवा र पोखरा विमानस्थल, जहाज निरन्तर भारततर्फ नै डाइभर्ट

    काठमाडौं/गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताउनुभएको थियो । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उहाँको भनाइ थियो । त्यस्तै गत पुस १७ गते उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल…

    Read More