Breaking News
 | 
  • गाँजा सहित एक पक्राउ

    चितवन २ बैशाख । चितवन प्रहरीले गाँजा सहित शनिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरी बिट खोलेसिमलबाट खटिएको प्रहरीको गस्ती टोलीले कालिका नगरपालिका–३ दुई बिघामा सवारी चेकजाँच गर्ने क्रममा भालुमारा तर्फबाट खोलेसिमल तर्फ आउँदै गरेको ना १ ह ८७२५ नम्बरको अटोरिक्सामा लुकाइ ल्याएको अवस्थामा तीन किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित धार्दिङ ज्वालामुखी गाउँपालिका–१ घर…

    Read More
  • स्वीमिङ्ग पुलमा डुबेर एकको मृत्यु ।

    चितवन २ बैशाख । चितवनको भरतपुरमा रहेको पुजा फनपार्कको स्वीमिङ पुलमा पौडी खेल्दा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १७ का करिब २१ बर्षिय कालु गुरुङ रहेका छन् । साथीहरुसंँग पौडी खेल्न गएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतक गुरुङको शब भरतपुर अस्पतालमा पोष्टमार्टमका…

    Read More
  • नारायणगढ–मुग्लिन सडक आजदेखि पुनः  दैनिक ६ घण्टा बन्द

    २ वैशाख, चितवन । निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ…

    Read More
  • चितवनमा दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

      चितवन र्( चितवनमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा नौ जना घाइते भएका छन्…

    Read More
  • बिदा कटौतीको बिरोधमा महासंघद्वारा आन्दोलनको घोषणा

    चितवन । सरकारले चाडपर्वमा दिइदै आएको १ दिने बिदा पनि कटौती गरेपछि नेपाल आदिवासी जनजाति महासंँघलगायत विभिन्न जातीय सामाजिक संघसंगठनहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन कार्यक्रमअन्तर्गत उनीहरुले चाडपर्वमा दिईदै आएको सार्वजनिक विदा खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै…

    Read More
  • प्रहरी निगरानी बढेसगैं नेकपा विप्लव समूह चितवनका नेता कार्यकता भुमिगत

    चितवन चैत ३०, जिल्ला प्रहरी कार्यालय चितवनले नेकपा विप्लव समूहलाई उच्च निगरानीमा राखेसँगै सो पार्टीका नेता कार्यकताहरु भुमिगत भएका छन् । अहिले जिल्ला ईन्चार्ज लाल बहादुर बि.सी., सेक्रेटरी ध्रुब लगाएतका दर्जनौं नेता कार्यकर्ताहरुको मोवाईल समेत स्वीचअफ छ । प्रहरीको पक्राउबाट बच्न सो पार्टीका नेता कार्यकर्ताहरु सुरक्षित स्थानतिर सिफ्ट हुदैं अघोषित रुपमा भुमिगत भएका हुन् । अज्ञात…

    Read More
  • सरकारी जग्गामा कलेज अफ मेडिकल साईन्सेसको रजाइँ

      चितवन ३० चैत । जिल्लाको सरकारी अस्पतालका रूपमा लिइएको भरतपुर अस्पतालको जग्गा  २०५२ सालदेखि ४९ वर्षका लागि भन्दै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरले ९ विघा जग्गा प्रतिविघा ५० हजार रुपैयाँका दरले ११ बर्ष सम्म भोगचलन गर्‍यो । पछि उक्त जग्गा अस्पतालले न्यून भाडादरमा जग्गा भोगचलन गर्न दिएको भन्दै गुनासो आउन थालेपछि अस्पताल…

    Read More
  • चितवनमा प्रहरी संरक्षणमै जुवाखाल र वेश्यावृती मौलाउदैं

    चितवन÷चितवनमा पछिल्लो दुई वर्ष यता जुवातास, वेश्यावृती, अबैध उत्खनन, अबैध समानको कारोबार, मिटरब्याजको धन्दा, हुण्डी कारोबार लगायतका गैरकानुनी कार्यहरु हवात्तै बढेको पाइएको छ । त्यत्तिमात्र होइन गुण्डागर्दीले पनि टाउको उठाउन खोजेको छ । यी सबै विकृतिहरु चितवन प्रहरी प्रमुख दिपक थापाको कार्यशैलीकै कारण भएको विषयमा यस अघि नै विभिन्न सांचार माध्ययममा समाचार पनि आइसकेको छ…

    Read More
  • दोलखाको जिरी नगरपालिकाद्धारा रत्ननगरको कृषि र पर्यटनको विकासबारे अबलोकन

    चितवन,चैत २८( दोलखाको जिरी नगरपालिकाको नगर प्रमुख,उपप्रमुख सहित कृषि र पर्यटनको अध्ययन भ्रमणमा आएको टोलीले बुधवार रत्ननगरको विकासक्रमको अबलोकन गरेको छ । जिरीका मेयर टंकबहादुर जिरेल,उपमेयर कृष्णमाया बुढाथोकी,प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा सहित कार्यपालिकाका सदस्य र कर्मचारीको टोलीले पर्यटकीय नगरी सौराहा,कृषि फर्म र धार्किक पर्यटकीय केन्द्र जिरौनाको श्रीकृष्ण प्रणामी धर्मधामको अबलोन गरेको हो । टोलीलाई…

    Read More
  • वैद्य माओवादी निकट विद्यार्थी संगठनको चितवन अध्यक्षमा कृष्ण सुनार निर्वा्चित

    चितवन,चैत २८,  वैद्य माओवादी निकट विद्यार्थी संगठन अनेरास्वीयु (क्रन्तिकारी) चितवनको २९ औं जिल्ला सम्मेलनले कृष्ण सुनारको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संगठनको बुधबार भरतपुरमा भएको सम्मेलनले सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा पुष्पा बस्ताकोटी, सचिवमा समिर बस्नेत, सहसचिवमा निश्चल सदार, कोषाध्यक्षमा मनोज चौधरी चयन भएका छन् । यस्तै…

    Read More