जिल्लाको सुरक्षा व्यवस्था मजबुत भएको एसपी थापाको दाबी ।

चितवन , ३१ बैशाख । डेढ बर्ष अगाडि जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुखका रूपमा आउनुभएका प्रहरी उपरीक्षक दिपक थापाले आफ्नु कार्यकालमा जिल्लाको सुरक्षा व्यवस्था मजबुत भएको दाबी गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी थापाले चितवनमा हुँदा आफ्नो कार्यकालमा गुण्डागर्दी तथा लागु औषधजन्य अपराधमा कमी, भन्सार चोरी पैठारीमा कमी, ट्राफिक नियमको पालनामा प्रभावकारीता, चन्दा आतंक, टेलिफोन धम्की, कालोबजारी, भुमाफिया र दलालहरुको अन्तय हुँदै गएको दाबी गरेका हुन् । मानवअधिकारको संरक्षण गर्दै गैरकामकारवाही र अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्ने काम आफ्नो कार्यकालमा भएको र प्रबिधीमैत्री प्रहरी अनुसन्धान, प्रहरी हाम्रो टोलमा, प्रहरी मेरो साथि अभियानको निरन्तरताबाट सेबाग्राही सन्तुष्ट भएको उनले बताउदै उहाँले प्रहरीको क्षमता अभिवृद्धी गर्न ५ सय ४३ प्रहरीलाई तालिम दिइएको छ भने जिल्ला प्रहरी कार्यलयले यो अबधिमा अधिकांश मुद्धा फछ्र्यौट भएको , आर्थिक बर्ष २०७४र७५ को हालसम्म उत्कृष्ट काम गर्ने १ सय ११ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र ११ जनालाई कारबाही गरिएको समेत सो अवसरमा जानकारी दिए । साथै , उनले आफ्नो कार्यकालमा ५ जनाले नियमावली अनुसार अवकाश लिएको र १७ जनाले घरायसी कारण देखाई राजिनामा दिएको समेत जानकारी गराए । अपराध नियन्त्रण, अनुसन्धान, स्थायी तथा अस्थायी प्रहरी विटहरुको स्थापना भवन निर्माण गरि जिल्लाको सुरक्षा मजबुत बनाउन सफल भएका समेत दावी गर्दै एसपी थापाले जनतामा शान्तिसुरक्षाको स्थिति मजबुत भइरहेको महशुस मात्र होइन दण्डहीनताको स्थितिमा सुधार भएको प्रस्टै भएको समेत जोड दिए । लामो बसाइँ पछि नियमितरूपमा परेको सरुवा अन्तर्गत उहाँ गत, बैशाख २४ गते नै जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भई सुरक्षा सेवा निर्देशनालयमा सरुवा हुनु भएको थियो । उहाँको सरुवा भएसंगै जिल्लामा अब शुसील सिंह राठौर आउने भएका छन् ।