मदन भण्डारी पाउण्डेशनको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई


चितवन / मदन भण्डारी पाउण्डेशन चितवनको सोमबार भरतपुरमा सम्पन्न भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई, बरिष्ठ उपाध्यक्षमा शम्भु सुवेदी, उपाध्यक्षहरुमा भीम पुन, राजेन्द्र श्रेष्ठ र रामप्रसाद न्यौपाने, सचिवमा श्याम बिष्ट, सहसचिवमा तिलक रिमाल र कोषाध्यक्षमा शंकर थपलिया सर्वसम्मत चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा कृष्ण चौधरी, नवराज ढकाल, शान्तराम आचार्य, सरस्वती कतिला, शिवकुमारी गोतामे, शान्ती अधिकारी, गोरस तामाङ, शेखर रेग्मी, अनुज जोशी रहनु भएको छ । त्यसैगरी ऋषी रेग्मी, मंगलराम दराई, डा.निराजन भट्टराई, प्रलाद प्रधान, श्यामसुन्दर उप्रेती, शिव थापा, सिताराम तामाङ बल, शनद लामिछाने, राजु पौडेल, टिका रिजाल, पदमपाणी पौडेल, विश्वराम बिसुराल,विष्णुप्रसाद तिवारी र नारायणी सापकोटा समितिको सदस्य रहनु भएको छ ।

पाउण्डेशनका कार्यवाहक अध्यक्ष एवं प्रदेश नं. ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले ३ नं. प्रदेश कमिटीका सदस्यद्वय जगन्नाथ थपलिया र शारदा कुमाल, प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, शिक्षाविद् रमाकान्त सापकोटा लगायतले फाउण्डेशले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई गाउँगाउँका जनतासम्म बुझाउन सक्नु पर्ने बताउनुभयो । फाउण्डेशनले सामाजिक र शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेको बताउँदै उहाँहरुले यसको मर्मत अनुरुप सक्रिय भएर समाज परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभयो । शम्भु सुवेदीले स्वागत गर्नुभएको कार्यक्रम श्याम बिष्टले सञ्चालन गर्नुभएको थियो ।