चितवनमा एसपी राठौरले कार्यभार सम्हाले ।


चितवन , ०२ जेष्ठ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौर मंंगलबार चितवन आएका छन् । तत्कालीन एसपी दिपक थापा सरुवा भएलगत्तै राठौर चितवन आएका हुन् । चितवनमा नयाँ जिम्मेवारी पाएसंँगै राठौरले अपराध नियन्त्रण, अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधैँ आफु निरन्तर लागी परिरहने बताए । आफ्नु कार्यकाल अवधिभर निष्पक्ष रुपमा जनताको काम छिटो छरितो गर्ने प्रविधीमैंत्री प्रहरी अनुसन्धान , प्रहरी हाम्रो टोलमा प्रहरी मेरो साथी अभियानलाई निरन्तलाई दिने , ट्राफिक नियमलाई कडाइका साथ लागू गर्ने साथै , भन्सार चोरी पैठारी , चन्दाआतंक, टेलिफोन धम्की जस्ता जघन्य अपराध र गुण्डागर्दी तथा लागुऔषध अपराधमा लाग्नेलाई कडा भन्दा कडा कारवाही गर्ने समेत बताए । प्रहरीकै सक्रियताका कारण कालोबजारी, भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताउदै उहाँले प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ आफु चितवन आएको बताए । साथै उनले केहिदिनमा पत्रकार सम्मेलन गरेर आफ्नो नयाँ कार्ययोजना सार्वजनिक गर्ने समेत बताए ।