Breaking News
 | 
  • कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

    खोटाङ/हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित…

    Read More
  • आजको मौसमः देशका धेरै ठाउँमा आज पानी पर्ने सम्भावना

    काठमाडौं/हाल गण्डकीका केही, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णालीका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकीका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षासमेत भैरहेको छ । आज दिउँसो कोशी र मधेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…

    Read More
  • कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा

    काठमाडौँ/परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउँदै उहाँले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्र तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताउनुभएको हो ।…

    Read More
  • बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का

    काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा आज उहाँले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको बताउनुभएको हो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार…

    Read More
  • पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल

    काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशका सबै क्षेत्रमा रहेका पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उहाँले राष्ट्रिय स्वास्थ्य सेवा ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र सोह्रौँ योजना २०८१/८२, २०८५/८६ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित…

    Read More
  • नेपाल कसैको मातहतमा रहेन–रहँदैनः प्रधानमन्त्री ओली

    काभ्रेपलाञ्चोक/प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३०औँ दीक्षान्त समारोह ९दोस्रो चरण०लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताउनुभयो । “दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि,…

    Read More
  • ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

    फुङ्लिङ,(ताप्लेजुङ)/ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उहाँले यसको खेती विस्तार गर्नुभएको हो । शेर्पाले यस वर्ष ११ मन (४० किलोको एक मन) चिराइतो उत्पादन गरेर बिक्री गर्नुभयो । उहाँले चिराइतो प्रति मन रु ४० हजारमा बिक्री गर्नुभयो । त्यस्तै फक्ताङलुङ…

    Read More
  • ” डेङ्गुको क्रम बढ्दो”

    काठमाडौँ/गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ । गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर…

    Read More
  • अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित ढङ्गले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्न आग्रह गर्नुभएको हो । “समाजमा अन्याय हुन…

    Read More
  • बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

    राँझा,(बाँके)/राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ । झिझरी खोलाको बाढीले गर्ने डबवान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुङ्गे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकले जानकारी दिनुभयो । प्रदेश सरकारको रु ३५ लाख ६२ हजार बजेटमा…

    Read More