Breaking News
 | 
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको ७२ लाखसहित एक जना पक्राउ

    काठमाण्डौं/स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनार पक्राउ परेका हुन् । सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँच गर्दा…

    Read More
  • मुख्य पृष्ठ

    बाघको आक्रमणबाट एक जनाको मृत्यु

    बर्दिया/बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको मृत्यु भएको छ । हिजो सामुदायिक वनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा…

    Read More
  • मुख्य पृष्ठ

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पाँचौ पटक बयान लिँइदै

    काठमाण्डौं/निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोष्टर तयार पारेको थियो । आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउनेछ । प्रतिनिधिसभाको कार्यकाल केही दिनमात्र बाँकी रहेकाले समितिले सोमबार नै…

    Read More
  • मुख्य पृष्ठ

    गोविन्द केसीले आजदेखि अनशन बस्ने

    काठमाण्डौं/डाक्टर गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । उनले आज सोमबार बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका…

    Read More
  • अपराध/दुर्घटना

    १ लाख ७ हजार नगतसहित ८ जना जुवाडे पक्राउ

    कास्की/जुवा खेल्दै गरेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ बाट ८ जना पक्राउ परेका छन् । सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। हिजो बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । उनीहरुकोसाथबाट प्रहरीले २ सय…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कार मुद्धाका फरार प्रतिवादी राप्तीका ७४ वर्षीय वृद्ध पक्राउ

    चितवन/चितवन प्रहरीले जबरजस्ती करणी ९बलात्कार० मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बलात्कार मुद्धामा दोषि ठहर भई नौ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपछि फरार रहँदै आएका राप्ती नगरपालिका–७ बस्ने ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौंडा इजलासको…

    Read More
  • मुख्य पृष्ठ

    केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। आज देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ हित हल्का खि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशभर आंशिक खि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका…

    Read More
  • खेलकुद

    अलमुताइरीले छाडे प्रमुख प्रशिक्षकको जिम्मेवारी

    काठमाडौं/नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् । गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा १०४ जनामा संक्रमण

    काठमाण्डौं/कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । देशभरपछिल्लो २४ घण्टामा १०४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

    Read More
  • चितवन सेरोफेरो

    पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते

    चितवन/चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको हो । घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना…

    Read More