Breaking News
 | 
  • मुख्य पृष्ठ

    बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका…

    Read More
  • अपराध/दुर्घटना

    टिकटक बनाउने क्रममा खोलाले बगाएर रोल्पामा एक किशोरीको मृत्यु

    रोल्पा/खोलाले बगाएर रोल्पामा एक किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार टिकटक बनाउने क्रममा खोलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको मृत्यु भएको हो । स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र…

    Read More
  • मुख्य पृष्ठ

    धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते

    धनुषा/धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार गणेशमान चारनाथ ४ पोर्ताहामा रहेको चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएका हुन् । खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि…

    Read More
  • मुख्य पृष्ठ

    डेंगुको संक्रमित सबैभन्दा बढी बागमती प्रदेशमा

    काठमाण्डौं/नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले जनाएको छ । दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार डेंगुको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि…

    Read More
  • अपराध/दुर्घटना

    मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ

    चितवन/चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न बाँसगढी नगरपालिका वडा नं. ७ बर्दिया स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ काठमाण्डौं बस्ने ४८ वर्षिय खेमप्रसाद भट्टराईलाई पक्राउ गरेको छ । उनलाई पीडितसँग सोमबार भरतपुर–२ पुलचोकबाट नियन्त्रणमा लिएको हो । भट्टराईले ५० हजार तलबको प्रलोभनमा पारी पीडितलाई भारत हुँदै कुवेत लैजान लागेका थिए ।…

    Read More
  • मुख्य पृष्ठ

    नवलपुरको सबै क्षेत्रमा यो वर्ष विद्युत् पुग्ने

    नवलपुर/रासस/नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत् पुग्ने भएको छ । आठवटा पालिकाका ९२ वडामा यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका इञ्जीनियर निश्चल अधिकारीले जानकारी दिनुभयो । “अधिकांश क्षेत्रमा विद्युत् पुगेको छ, केही वडा बाँकी रहेका छन्”, उहाँले भन्नुभयो, “बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ ।” गण्डकी…

    Read More
  • मुख्य पृष्ठ

    भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

    बागलुङ/रासस/बिरामी बढेपछि बागलुङको गलकोट नगरपालिका–११ रिघामा विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ ।…

    Read More
  • पत्रपत्रिका/अन्य

    चुनावी आचारसंहितामा दलीय आपत्ति

    काठमाण्डौं/संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ। संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना गरे पनि आयोगले त्यसविपरीत प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्वाचन प्रचारमा जान रोक लगाउँदै निर्वाचन आचारसंहिता जारी गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो…

    Read More
  • मुख्य पृष्ठ

    लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पनि संभावना

    काठमाण्डौं/देशभरको मौसममा सामान्य बदली रहेको छ । अहिले प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।…

    Read More
  • अपराध/दुर्घटना

    डेंगु संक्रमणबाट दाङमा एक जनाको मृत्यु

    दाङ/डेंगु संक्रमणबाट दाङको घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा। प्रज्ञा बस्नेतले जानकारी दिइन्। मृतक महिला डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् । सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण…

    Read More