१ लाख ७ हजार नगतसहित ८ जना जुवाडे पक्राउ

कास्की/जुवा खेल्दै गरेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ बाट ८ जना पक्राउ परेका छन् । सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।

हिजो बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनीहरुकोसाथबाट प्रहरीले २ सय ११ पत्ती तास बरामद गरेको छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले बताउनुभयो ।