स्रोत नखुलेको ७२ लाखसहित एक जना पक्राउ

काठमाण्डौं/स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनार पक्राउ परेका हुन् ।

सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँच गर्दा सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।

स्रोत नखुलेको नगदसहित पक्राउ परेको सुनारलाई नियन्त्रणमा लिई भारतीय कस्टम, सुरक्षा निकायका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् ।