Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की

    काठमाडौँ/पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् । भारतीय मिडिया न्युज-१८ सँगको कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी हुन् । ‘उनीहरूले मलाई प्रस्ताव गरे । यो मप्रतिको विश्वास हो । म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु । मैले जेनजीको…

    Read More
  • तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्थाः अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटपाट

    काठमाडौँ/भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ…

    Read More
  • ताप्लेजुङ पहिरोमा दुई घर पुरिए, दुई जना बेपत्ता

    ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुईवटा घर पुरिएका छन् दुई जना बेपत्ता भएका छन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छभने एकलाई सामान्य चोट लागेको छ । निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी…

    Read More
  • महाराजगञ्जमा मृत्यु भएका असईसहित ३ जना प्रहरीको परिचय खुल्यो

    काठमाडौँ/जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा उनीहरुको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, जवान उत्तम थापासहित ३ जना रहेका छन् । वरिष्ठ हवल्दार पवित्रा गौली आईसीयूमा उपचार भइरहेको छ । जेनजी…

    Read More
  • डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दी पक्राउ

    काठमाडौँ/डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका २६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस्तै, डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकेर सेनाले अन्यत्र सार्ने काम गरिरहेको छ ।

    Read More
  • आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

    काठमाडौँ/नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले आज वक्तव्य जारी गर्दै त्यस्ता हातहतियार एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो । हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको…

    Read More
  • गंगा दाहालको घरमा जलिसकेको अवस्थामा पुरूषको शव भेटियो

    काठमाडौं/ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो। मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। उनका अनुसार शव पुरूषको रहेको तर पहिचान हुननसकेको बताएका छन्। घरका सदस्य हो, जस्तो लाग्दैन,’ उनले…

    Read More
  • चितवनमा पहिलो दिनको आन्दोलनमा तीन जना जेनजीलाई लागेको थियो गोली

    चितवन/चितवनमा जेन–जीले गरेको अन्दोलनमा तीन जनालाई गोली लागेको खुलेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)का अनुसार पहिलो दिनको आन्दोलनका क्रममाम तीन जनालाई खुट्टमा गोली लागेको हो । गोली लागेर घाइते हुनेमा नवलपुरको गैँडाकोटको झराही खोला बस्दै आएका १७ वर्षीय सर्विन थिङ, भरतपुरको रमाइलो चोक बस्दै आएका २२ वर्षीय आरुष गुरुङ, भरतपुरकी छाया गुरुङ…

    Read More
  • सरकारले जनताकोमाग पूरा गर्नुपर्छ,जेनजी पुस्तालाई धन्यवाद दुर्गा प्रसाईं:

    काठमाडौँ/मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी पुस्ताप्रति धन्यवाद व्यक्त गर्दै अब बन्ने सरकारले नेपाली जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्। २०७९ साल फागुन १ गते मेचीको बगरबाट राजाको हातले दियो बालेर सुरु गरिएको आफ्नो अभियान आंशिक रूपमा सफलताको उचाइमा पुगेको उल्लेख गर्दै उनले शोक र वियोगका बीचमा पनि सपनाले यथार्थको रूप लिन थालेको बताएका छन्।…

    Read More
  • मुख्य पृष्ठ

    दुई दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो, अब दुई वर्षमा जुरुक्क उठ्छः तोषिमा कार्की

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले जेनजीको आन्दोलनपछि मुलुक नयाँ मोडमा प्रवेश गरेको बताएकी छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नयाँ पुस्ताको योगदानलाई ऐतिहासिक बताएकी छन् । ‘कृपया यो विनाश, यो क्षतिको दोष नयाँ पुस्तालाई नलगाउनुस् । उनीहरूको अदम्य साहसबाट नै आज देश भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको छ । इतिहासले सधैं…

    Read More