महाराजगञ्जमा मृत्यु भएका असईसहित ३ जना प्रहरीको परिचय खुल्यो

काठमाडौँ/जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा उनीहरुको मृत्यु भएको थियो ।

प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, जवान उत्तम थापासहित ३ जना रहेका छन् । वरिष्ठ हवल्दार पवित्रा गौली आईसीयूमा उपचार भइरहेको छ ।

जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी सुरु गरेपछि निसास्सिएर उनीहरूको मृत्यु भएको बताइएको छ । आगजनी सुरु भएपछि त्यहाँ फसेका केही प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।