गंगा दाहालको घरमा जलिसकेको अवस्थामा पुरूषको शव भेटियो

काठमाडौं/ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो।

मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो।

उनका अनुसार शव पुरूषको रहेको तर पहिचान हुननसकेको बताएका छन्। घरका सदस्य हो, जस्तो लाग्दैन,’ उनले भने, ‘अहिले मुचुल्का गर्न टोली पठाएका छौं।’