चितवनमा पहिलो दिनको आन्दोलनमा तीन जना जेनजीलाई लागेको थियो गोली
चितवन/चितवनमा जेन–जीले गरेको अन्दोलनमा तीन जनालाई गोली लागेको खुलेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)का अनुसार पहिलो दिनको आन्दोलनका क्रममाम तीन जनालाई खुट्टमा गोली लागेको हो ।
गोली लागेर घाइते हुनेमा नवलपुरको गैँडाकोटको झराही खोला बस्दै आएका १७ वर्षीय सर्विन थिङ, भरतपुरको रमाइलो चोक बस्दै आएका २२ वर्षीय आरुष गुरुङ, भरतपुरकी छाया गुरुङ रहेका छन् । उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । अस्पतालका सूचना अधिकारी पारस अधिकारीकाअनुसार सोमबार आन्दोलनमा घाइते भएका १६ जनाको अस्पतालमा उपचार गरिएको छ । जसमध्ये १२ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने चार जना अस्पतालमा उपचाररत रहेका उहाँले बताउनुभयो । भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै सडकमा उत्रिएका जेन–जीको आन्दोलनमा चितवनमा गोली थियो । यत्ता जिल्ला प्रशासन कार्यालय चितवनले भने गोलीको विषयमा केही खुलाएको छैन । प्रशासनका अनुसार चितवनमा ८ जना सुरक्षाकर्मी सहित २३ जना घाइते भएका थिए ।