Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    विवादित रेल्वे ठेक्का रद्ध

    विवादित रेल्वे ट्याकबेड ठेक्का अन्ततः रद्ध गरिएको छ। रेल्वे विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ६ किमि) खण्डको रेल्वे ट्याकबेड बनाउन बोलपत्र आह्वान गरेको थियो।  विभागले एक राष्टिय दैनिकमा मंगलबार सूचना प्रकाशित गर्दै ठेक्का रद्ध भएको जानकारी दिएको छ। विभागको सूचनामा गत असारमा नागरिक र अन्नपूर्ण दैनिकमा प्रकाशित…

    Read More
  • मुख्य समाचार

    पर्यटन लयमा फर्काउन पाँच वर्ष लाग्ने !

    काठमाडौं/कोभिड—१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार(पाँच वर्ष लाग्ने सरोकारवालाले बताएका छन्। कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाले जोड दिए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन्।…

    Read More
  • अपराध/दुर्घटना

    मल कारबाही प्रकरण : ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

    काठमाडौं /सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया थालिने बताएको थियो । कानुनअनुसार कालोसूचीमा राखिएका कम्पनीले भविष्यमा कुनै पनि काम गर्न सक्दैनन् । त्यसैले कम्पनी सञ्चालकहरू प्रक्रिया लम्बाएर कालोसूचीमा राख्नका…

    Read More
  • मुख्य समाचार

    दसैंसम्म निषेधाज्ञा कायम गर्नैपर्ने उपत्यकाका सिडिओको प्रस्ताव

    काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिलेको निषेधाज्ञा लम्ब्याउनुपर्ने तर्क राखेका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड १९ निगरानीसम्बन्धी उपसमितिको आइतबारको बैठकमा उनले निषेधाज्ञा आगामी दसैंसम्मै गर्नुपर्ने बताएका हुन्। ‘दशैं आउँदैछ, केही सहजीकण गरेर भए पनि यसलाई त्यतिबेलासम्म कायम राख्नुपर्छ होला’, उनले भने, ‘अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण…

    Read More
  • मुख्य समाचार

    भोकको डरले फेरि भारत : दुई महिनामै उल्टियो दृष्य

    गौरिफन्टा नाकामा भारततर्फ जान लागेका बालबच्चा सहितका नेपालीहरु। तस्विरः दिलबहादुर छत्याल कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ७ हरैयाका भीम बहादुर वोहरा मद्रासमा एउटा घरमा काम गर्थे। भारतमा कोराना संक्रमण फैलिन थालेपछि त्रासले उनी चैत महिनामा घर फर्के। कमाएर ल्याएको सीमित पैसाले केही दिन उनको चुलो बल्यो। तर लगातारको लकडाउनले यहाँ कुनै काम पनि नपाइने, भोकभोकै…

    Read More
  • अपराध/दुर्घटना

    रत्ननगरमा रहेको निर्मल सहरकारीले अनुदानको मलमा कालो बजारी गरि बेचेको स्वीकार !

    चितवन/चितवन स्थित रत्ननगर बकुलहरमा रहेको निर्मल बहुउदेश्यी सहकारी संस्थाले अनुदानमा प्राप्त गरेको युरीया मल कालो बजारी गरी महङ्गो मूल्यमा बेच्ने गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनबाट प्रति बोरा ७ सय ५२ रुपैया ५० पैसामा खरिद गरेको मल उत्त सहकारीले १२ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्दै आएको छ । जिल्लामा मलको हाहाकार भएको बेला…

    Read More
  • मुख्य समाचार

    राष्ट्रिय सभाको साख गिर्ने चिन्ता !

    नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत भएका उनीसहित संघीय संसद्को माथिल्लो सदनमा प्रत्यक्ष चुनाव हारेकाहरूको संख्या ७ पुग्ने छ । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था राजनीतिक नेता–कार्यकर्ता होइन, चुनाव लड्न नचाहने तर संसद्मा आवश्यकता रहने कुनै विषयमा राष्ट्रिय ख्याति कमाएका विज्ञलाई ल्याउन गरिएको हो– राधेश्याम अधिकारी, राष्ट्रिय सभा सदस्य संसदीय मान्यता ध्वस्त पारिँदै…

    Read More
  • मुख्य समाचार

    कोभिड विरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउँछ: विश्व स्वास्थ्य संगठन

    जेनेभा/ विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका…

    Read More
  • मुख्य समाचार

    भारतबाट आउनेभन्दा जाने तेब्बर

    कैलालीको गौरीफन्टा सीमा नाकामा भारतबाट आउने र जानेको लर्को। शिवराज भट्ट धनगढी/यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार…

    Read More
  • अपराध/दुर्घटना

    अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना !

    पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ ।…

    Read More