रत्ननगरमा रहेको निर्मल सहरकारीले अनुदानको मलमा कालो बजारी गरि बेचेको स्वीकार !

चितवन/चितवन स्थित रत्ननगर बकुलहरमा रहेको निर्मल बहुउदेश्यी सहकारी संस्थाले अनुदानमा प्राप्त गरेको युरीया मल कालो बजारी गरी महङ्गो मूल्यमा बेच्ने गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनबाट प्रति बोरा ७ सय ५२ रुपैया ५० पैसामा खरिद गरेको मल उत्त सहकारीले १२ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्दै आएको छ । जिल्लामा मलको हाहाकार भएको बेला सहकारीले किसानलाई बिना बिल मल दिएर पठाउने गरेको छ । सहकारीले प्रतिबोरा १२ सय ५० मात्र नभई प्रति केजी पनि २५ रुपैयाँका दरले बिक्री वितरण गर्दै आएको पाइएको हो ।

यता साल्ट ट्रेडिङ कर्पोरेशनले प्रत्येक सहकारीलाई ७ सय ५२ रुपैयाँ ५० पैसामा मल वितरण गरेको बताएको छ ।कर्पोरेशनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले सहकारीले बढीमा २० रुपैया प्रति केजी तथा प्रति बोरा हजार रुपैयाँ भन्दा बढी मूल्यमा विक्री बितरण गर्न नपाउने बताउछन् ।आजको मितिसम्म सहरकारीले ५० केजीको प्रति बोरा मल हजार रुपैयाँ भन्दा बढी मूल्यमा किसानलाई विक्री वितरण गर्न नपाउने उनको भनाइ छ । कर्पोरेशनका चितवन शाखा प्रमुख दाहालका अनुसार लामो दूरीमा रहेका स्थानमा भने सहरकरीको समितिलेनै हजार भन्दा माथि मूल्य कायम गर्न सक्ने छन् ।रत्ननगर उद्योग बाणिज्यसंघका अध्यक्ष राजाराम रेग्मी संस्थापक अध्यक्ष रहेको उक्त सहरकारीले प्रति केजी २५ रुपैयामा मल विक्री गरेको स्वीकार गरेको छ । सहकारीका संस्थापक अध्यक्ष तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष रेग्मीले भने आफूले प्रति बोरा हजार सम्म रकम तिरेर मल ल्याउने गरेको बताउछन ।

तर, साल्ट ट्रेडिङ कर्पोरेशनले भने प्रति बोरो सहकारीलाई ७ सय ५२ रुपैया ५० पैसामा वितरण गरेको बताउने गरेको छ । उनले गाडी भाडा ३५ सय हुने र सरदरमा हिसाब गर्दा मुनाफा समेत नहुने बताए । यता कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने बताउछन् । महामारी र मल अभावका बेलामा केही सहकारीहरुले किसानसँग चर्को मूल्य उठाएको गुनासो बढ्न थालेपछि आफूहरु पनि उक्त काममा लागेको ढकालको भनाइ छ । चितवनमा केही सहकारीले सुपथ मूल्यमा बेचेको भएपनि केहीले चर्को मूल्य लिने गरेको गुनासो कृषि ज्ञान केन्द्रमा पुग्ने गरेको छ ।