Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    रसुवाको उत्तरी भेकमा हिमपात

    रसुवा/जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ । लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज बिहानदेखि हिमपात हुन थालेको हो । लाङ्टाङ क्षेत्रमा करिब एक इञ्च हिउँ जमेको छ भने घोडातबेलासम्म हिमपात आइसकेको स्थानीयले बताएका छन् । राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ…

    Read More
  • मुख्य पृष्ठ

    श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड

    काठमाडौँ/नेपाल पत्रकार महासङ्घले ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड’को प्रकाशन नागरिक दैनिक पत्रिकामा कार्यरत श्रमजीवी पत्रकारले सेवासुविधा नपाएकामा चिन्ता व्यक्त गर्दै तलब सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यसहितको टोलीले आज नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारीको कार्यकक्षमा तालाबन्दी गरी तत्काल पत्रकारले पाउनुपर्ने सेवासुविधा उपलब्ध गराउने सुनिश्चितता हुनुपर्नेमा जोड दिएको हो ।…

    Read More
  • मुख्य पृष्ठ

    साहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

    मङ्गलबारे,(इलाम)/यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् । केही घरेलु मजदूर बनेका छन् । उनीहरू शिक्षाबाट वञ्चित मात्र भएका छैनन् । अभिभावकको सहारा नपाउँदा दुव्र्यवहार सहन बाध्य छन् । कोही कुलतमा फस्ने गरेका छन् । इलामको रोङ गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । अध्यक्षसँग विद्यार्थीकार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको…

    Read More
  • मुख्य पृष्ठ

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    पर्वत/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । अहिले पनि थुुप्रै अस्पतालले…

    Read More
  • चितवन सेरोफेरो

    चितवन-३मा रोचक प्रतिस्पर्धा

    चितवन/अघिल्लो पटक २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबदबा रह्यो। यहाँका तीन निर्वाचन क्षेत्रमध्ये दुई वटामा भारी मतका साथ रास्वपाका उम्मेदवार विजयी बने। रास्वपाबाट क्षेत्र नम्बर १ मा हरि ढकाल र २ मा रवि लामिछानेले विजय प्राप्त गर्दा ३ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ं का उपाध्यक्ष विक्रम पाण्डे…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

    काठमाडौँ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो…

    Read More
  • चितवन सेरोफेरो

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भागको काम सकियो, एकभाग बाँकी

    चितवन/चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उहाँले…

    Read More
  • मुख्य पृष्ठ

    एकैदिन ५२ सयले बढेपछि सुनको मूल्य पुग्यो प्रतितोला ३ लाख ९ हजार

    काठमाडौँ/नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ९ हजार रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा तीन लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार…

    Read More
  • चितवन सेरोफेरो

    भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

    चितवन/भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठूलो मात्रामा नेपालमा दूध आउने गर्दथ्यो । विगतका वर्षमा यो मौसममा भारतबाट अवैैध दूध भित्रिँदा यहाँको उत्पादन प्रभावित हुने गर्दथ्यो । यससँगै…

    Read More
  • मुख्य पृष्ठ

    सुनको भाउले रच्यो इतिहासः प्रतिऔंस ५ हजार डलर कट्यो

    काठमाडौँ/अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ इतिहास रचेको छ । प्रतिऔंस सुनको मूल्य पहिलो पटक ५ हजार डलर (३,६५९ पाउन्ड) नाघेको छ । सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको मूल्यले यो वर्ष पनि आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिएको हो । ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बिच बढेको तनावले विश्वमा…

    Read More