Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    खाली सिलिन्डर बोकेर नेपाल ग्यासको कार्यालयमा पुगे उपभोक्ता

    काठमाडौं/नेपाल ग्यासका उपभोक्ताले अभावको महसुस गरेका छन् । बजारमा ग्यास नपाएको उनीहरूको गुनासो छ ।नेपाल ग्यासका बिक्री केन्द्रहरूमा ग्यास नपाएको भन्दै खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक क्षेत्रस्थित कार्यालयमै पुग्न थालेका छन् । कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको नयाँ बसपार्कबाट खाली सिलिन्डर बोकेर गएका नमराज घिमिरेले गुनासो गरे । “घरमा ग्यास खाँचै भइसक्यो, डिपोले…

    Read More
  • जनकपुरधामद्धारा विगत दुई महिनामा किसानबाट चार करोड मूल्य बराबरको धान खरिद

    महेन्द्रनगर,(धनुषा)/खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिना किसानबाट रु चार करोड सात लाख ६४ हजार २९० मूल्य बराबरको धान खरिद गरेको जनाएको छ । कार्यालयका अनुसार महोत्तरी र धनुषा जिल्लाका २४० किसानबाट हालसम्म ११ हजार २३५ क्विन्टल सोना मन्सुली धान खरिद गरिएको हो । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ…

    Read More
  • मुख्य पृष्ठ

    माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

    कैलाली/यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट एकयाममा रु दुई लाख ५० हजार बचत गर्दै आउनुभएको छ । करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्दै आउनुभएका उहाँले एकयाममा रु १३ लाख बराबरको माछा बिक्री हुने जानकारी दिनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर रु दुई लाख ५० हजार बचत हुन्छ ।…

    Read More
  • मुख्य पृष्ठ

    वामपन्थी र लोकतान्त्रिक दलको आर्थिक एजेण्डा एउटै हुँदैनन्: शिशिर खनाल

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले सबै दल मिलेर एउटै आर्थिक दृष्टिकोण ल्याउन नसकिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले वामपन्थी र लोकतान्त्रिक दलहरूको एउटै आर्थिक एजेन्डा नहुने बताएका हुन् । निजी क्षेत्रले लामो समयदेखि राजनितिक दलहरूलाई आर्थिक एजेन्डामा समान धाराणा बनाउन आग्रह गर्दै आएको छ । तर, रास्वपाका नेता खनालले…

    Read More
  • मुख्य पृष्ठ

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

    देउखुरी,(दाङ)/यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

    चितवन/पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको थियो…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

    काठमाडौँ/निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले…

    Read More
  • मुख्य पृष्ठ

    कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल

    काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताउनुभएको छ । सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताउनुभयो । “विभिन्न कम्युनिष्ट पार्टी…

    Read More
  • राजनीति

    पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह

    काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर)बीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आत्मसमीक्षा गरेर राष्ट्रिय स्वाधिनताको पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभयो । “मुलुकलाई समृद्ध बनाउन र कम्युनिष्ट आन्दोलनको रक्षाका…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

    काठमाडौँ/नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको अपमान गरी बाँके क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको छानबिन गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आज ज्ञापनपत्र बुझाउँदै हिन्दू जागरण नेपालले समाज भड्काउने काम…

    Read More