विप्लव नेकपाका लोकप्रिय नेता माइला लामा मध्यरातमा पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली एंव लोकप्रिय नेता माइला लामा र रेशम तामांग मध्यरातमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीले उनीहरुलाई भक्तपुरको कांडाघारीबाट प्रक्राउ गरेको हो । लामासंगै नेकपाका अर्का कार्यकर्ता रेशम तामांग समेत प्रक्राउ परेको प्रहरीले जनाएको छ ।

लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन् ।

उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ ।