Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    अवैध ढंगले वनको काठ काटेको मुद्दा लागेका नै वनमन्त्री !

    कैलालीको डिभिजन वन कार्यालय,पहलमानपुर अन्तरगत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए । वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको छस् म को हुँ र ?’ भन्दै हप्काएको भिडियो भाइरल बनेको थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा काठ ठेकेदारको लगानी हुने गरेको…

    Read More
  • मुख्य समाचार

    राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर आए चिनियाँ नेता नेपालमा।

    काठमाडौं/नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका उपमन्त्री येझाउ नेकपा विभाजनको संघारमा पुगेको बेला नेपाल आएका हुन् । प्रधानमन्त्री केपी शर्मा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला अदालतले ढकाललाई दियो सफाई !

    सूर्य बराल/चितवन/नेकपा चितवनका युवा नेता एवं सन्देश फाउण्डेशनका संस्थापक उपाध्यक्ष गौरब बाबु ढकाललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ। ठगी केसमा डेढ बर्ष अगाडि काठमाडौमा समातिएका ढकाललाई चितवन ल्याई हिरासतमा राखिएको थियो । ढकाल १८ दिनको हिरासत बसाई पछि सामान्य तारेखमा छुटेका थिए। तत्कालीन प्रहरी नेतृत्वले प्रहरी प्रतिवेदनको आधारमा पक्राऊ गरी प्रहरी कार्यलयले थप अनुसन्धानको…

    Read More
  • मुख्य समाचार

    केन्द्रीय कमिटीमा जसको बहुमत उसैको नेकपा र चुनाव चिन्ह

    नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको आरोप लगाइरहेका छन् । यस्तो बेलामा निर्वाचनमा आयोगमा हुने केन्द्रीय कमिटीका सदस्यहरुको सनाखत नै पार्टीको आधिकारिकताका…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड बादलको दोस्रो पटक सम्बन्धबिच्छेद, अन्ततः पुगे ओली समूहमा।

    राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन । उनले बिहीबार ओली नेकपाको मञ्चमा गरेको भाषण क्रान्तिकारी माओवादीको…

    Read More
  • मुख्य समाचार

    आजबाट औपचारिक रुपमै फुट्यो नेकपा।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् । केन्द्रीय कमिटी बैठक राखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरुपण निर्वाचन आयोगले गर्नेछ । त्यहाँ निरुपण नभए विवाद…

    Read More
  • मुख्य समाचार

    अब नजर ‘सूर्य’ मा !

    २०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स भइसकेका छन् । त्यसैको फलस्वरुप केन्द्रदेखि जिल्लासम्मका पार्टी…

    Read More
  • मुख्य समाचार

    गोयलसामु गलेको ओलिको ‘राष्ट्रवाद’ !

    प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ । आफ्नै सहमतिमा छापिएको सीमा समस्यासम्बन्धी किताब शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वितरण नगर्न निर्देशन दिँदा उनको झुकाव भारततिर बढिरहेको…

    Read More
  • मुख्य समाचार

    ‘ओली सरकारकै कारण राजा आऊ देश बचाऊ भनिरहेका छन्’

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनमतको घोर अपमान गरेको बताएका छन्। सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको कांग्रेसका नेताहरूले शासन सञ्चालन गर्ने नैतिक र राजनीतिक आधार ओलीले गुमाइसकेको दाबी गरे। जनादेशअनुसार कांग्रेस पाँच वर्ष ढुक्कैले प्रतिपक्षी बन्न तयार भएर नै ओलीको राजीनामा नमागेको स्पष्ट पार्दै कांग्रेस नेताहरूले भने, ‘केपी…

    Read More
  • अपराध/दुर्घटना

    ललिता निवास प्रकरण: गच्छदारलाई म्याद बुझ्न ताकेता

    काठमाडौँ /ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ । अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि अझैसम्म गच्छदारले म्याद बुझ्नुभएको छैन । १० महिना पूरा भइसके पनि म्याद बुझाउन अदालत असफल भइरहेको छ । यसबीचमा अदालतले…

    Read More