सभ्यता र पहिचानको मुद्दा।

सनातन हिन्दु धर्मले मानव बिकास संगै संस्थागत हुँदै विशाल क्षेत्र ओगटेको छ।हिन्दु धर्मलाई ओमकार परिवार भनेर पनि जानिन्छ।विशेष गरेर प्रकृतिको तुलना र कल्पना गर्न नसकिने अदृश्य शक्तिका कारण पृथ्वीमा हुने देखिने परिबर्तनलाई नै इश्वरिय शक्तिको देन मानिन्छ र त्यसका मुख्य शक्ति र सबै भगवानका भगवान शिबलाइ मानिन्छ।त्यसपछि ब्रह्मा,बिश्नु,दुर्गा,सरस्वती,लक्ष्मी कृष्ण, राम,हनुमान गरि सयाैं शाखा उप शाखाहरु बिद्यमान छन्।त्यस्तै धर्म कै पहिचान बनेका बुद्ध बोन जैन किराँत मुस्लिम पनि यसैका उपशाखा मानिन्छन्।त्यसैले यो धर्मलाई धर्मको धर्म भनिन्छ किनकि यसले कुनै धर्म प्रति विभेद गर्दैन र त नेपालमा सबै जातजाति भाषाभाषी र अ- आफ्ना संस्कार संस्कृति मिलेर बसेका छन।मंगोल पनि हिन्दु धर्म भित्र नै सुरक्षित छ। नेपालमा २०६८ को जनगणना अनुसार १२३ भाषी छन्।५१ वटा भारोपेली भाषा, ६९ वटा भोट बर्मेली भाषा,१ वटा आग्नेय परिवार भाषा,अनि द्रविण भाषा बोल्नेहरू छन्।१२५ जात जाती छन्।सबैको आफ्नै मौलिक पहिचान सस्कृति छ।तरपनि यहा द्वन्द छैन।अन्य देशमा हेर्ने हो भने क्रिश्चियन एकै धर्मावलम्बीको १४६ शाखा छन,जहा १४६ शाखा बीच मै को ठुलो हो भन्ने कुरामा नश्लबादी द्वन्द चलीरहन्छ।
राजा पृथ्वीनारायण शाहले विभिन्न बाइसे चौबिसे राज्यको रूपमा बिभक्त मुलुकलाई विशेष गरि दक्षिण भारतमा छिरिसकेका साम्राज्यवादी अङ्ग्रेजहरुबाट सुरक्षित राख्न एकीकरण गरि विशाल नेपाल बनाउने अभियानको शुरुवात गरे।शाह बंशीय राजाहरुले विभिन्न चरणमा एकीकरण अभियानलाई बिस्तार गर्दै पुर्बमा टिष्टा पश्चिममा कांगडा र दक्षिणमा सतलज सम्म पुर्याएको ईतिहास छ। त्यस समय भन्दा अगाडि नेपाल एकीकृत हुने र फुट्ने क्रममा साँघुरिदै उपत्यकामा मात्र सिमित हुन पुगेको थियो।यसरी बनेको हुनाले नेपाललाई बहुधर्म, बहुजाति,बहुभाषी बहु संस्कृति र संस्कार भएको साझा फुलबारी भनिएको हो । यो नै हाम्रो राष्ट्रियता र अन्तर्राष्ट्रिय पहिचान साथै सभ्यता हो।आफ्नो ऐतिहासिक बिरासतको मुल्य मान्यताको आधारमा राज संस्थाले मात्र यसको संरक्षण गर्न सक्छ।यसलाई राष्ट्रको गहना र पुञ्जको रुपमा समुचित उपयोग र बिकास गरी बिश्वभरिका पर्यटक भित्र्याएर देशको दिगो आम्दानीको श्राेत बनाउन सकिन्छ।
राष्ट्रिय एकतालाई खलबलिन नदिई सबै जात धर्म भाषा संस्कार संस्कृतिलाई भुगोलको आधारमा बर्गिकरण गरि फल्ने फुल्ने स्वायत्त राज्यको अबसर दिनु पर्दछ यसो गर्दा बहुराष्ट्रिय राज्य,क्षेत्रीय खण्डिकरण बुझ्ने वा आत्मनिर्णयको अधिकार भनी व्याख्या गर्ने त्यस्ता ब्यक्ति वा संस्था संबिधान बिरोधी तत्व भई कानुनको भागिदार हुनेछन् र त्यसता दलहरु खारेज गरिनु पर्छ। नेपाल भन्दा ठुला अलग राष्ट्रको हैसियतमा रहेका राज्य (state)हरु मिलेर देश बनेका ईन्डिया,अष्ट्रेलिया,रुस, क्यानडा र अमेरिका जस्ता देशको अन्धनक्कल गरेर हाम्रो जस्तो सानो देशले न संघियता धान्न सक्छ,न बहुराष्ट्रिय राज्यको कल्पना गर्न सक्छ,न त नागरिकताको सम्बन्धमा निर्णय नै गर्न सक्छ।
यहाँका प्राचीन कालिन मठमन्दिर,गुम्बा स्तुपा त्यसमा कुँदिएका बुट्टा आकृतिको सौन्दर्यता हेर्न विश्वभरीकै मानिस यहा आउने गर्दछन्। यहाँका कैयौं मन्दिर,स्तुपा, मूर्ती, काष्ठ एवं धातु कला कृतिहरुमा एकभन्दा बढी आस्थाहरुको समन्वयात्मक संस्कृतिको समन्वय गरिएको पाईन्छ। मठ मन्दिरहरुमा कतै ब्राम्हण,कतै थारु,कतै राईलिम्बु, कतै मगर र कतै कथित दलित समुदायका पुजारी हुनुले पनि नेपाली संस्कृतिको समन्वयात्मक धारा झल्किन्छ। गाई जात्रा, ईन्द्र जात्रा, मत्स्येन्द्रनाथ जात्रा, कुमारी जात्रा, तिज,पञ्चमी, ल्होसार,छठ,चखेवा,साकेला जस्ता पर्वहरु आम नेपालीहरुका साझा पर्व बन्दै गएको तथ्यले के देखाउँछ भने नेपालमा जातिय सांस्कृतिक पहिचानका आधारमा समाज विभाजित छ भन्ने विदेशी दुष्प्रचार पूर्णतया भ्रामक र द्वेषपूर्ण छ।
बिगत लामो समय देखि हाम्रो मिलेर बसेको समाज प्रति पश्चिमाहरुले आँखा गाढिरहेका छन्।पश्चिमाहरुको योजना मुताविक ल्याईएको २०२८ को शिक्षा निती र माओवादी आन्दोलन मार्फत देशमा नैतिकता अनुशासन र धर्म संस्कार माथी मात्रै प्रहार गरिएन, यहाँको राष्ट्रियता सार्भभौमिकता माथि आँच पुर्‍याउदै क्रिश्चियन धर्म, NGO र INGO मार्फत हरेक कथित जनजाति,दलित, नागरिक समाज र बुद्धिजीवी भित्र छिरेर उनिहरुको आर्थिक अबस्था र पछौटेपनको फाइदा उठाउँदै नश्लबादी जातीय द्वन्द भड्काउन खोजियो तर यहाँ जातिय आन्दोलन माथि उठ्न सकेन तथापि उनिहरु अझै प्रयास गर्दैछन, जबसम्म संसदीय ब्यबश्था र त्यसका दलालहरु सत्ताच्युत हुदैनन् , तबसम्म उनिहरुबाट हाम्रो देश सुरक्षित हुनेवाला छैन। यस्ता भड्काबबाट न युरोप न अमेरिका न खाडी मुलुकहरु नै सुरक्षित रहे।अब नेपालमात्रै त्यस्तो देश हो जसलाइ अझै छुन सकेका छैनन,किनकि पृथ्वीनारायण शाह जस्तो युग पुरुषको नेतृत्व नेपालले पाएको थियो। लेखक त्रिमुल नेपाल पार्टीका चितबन जिल्ला संयोजक हुन।