Breaking News

मन्त्रिपरिषद बैठक आज बस्दै

 

जेठ ३।  मन्त्रिपरिषदको बैठक आज बस्दैछ। आज अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे छलफल हुने बताइएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको हो। यो हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सीसीएमसीको बैठक बसेको थियो।